हेटौंडा बजारमा चहलपहल घट्यो, दशै बजारमा भिड कम

हेटौंडा – दशैको घटस्थापना देखि निकै चहलपहल बढेको हेटौंडा बजार क्षेत्रमा आज निकै चहल पहल घटेको छ । बजार क्षेत्रमा सामान खरिद गर्ने र ओहोर दोहोर गर्नेहरुको निकै भिड भएपनि आज भने त्यो भिड निकै कम भएको व्यावसायीहरुू वताउँछन् ।
आज हेटौंडाको बजारका धेरै जसो पसल पनि वन्द हुन थालेका छन् । उपभोक्ताहरुको चहलपहल घटेपछी बजारका पसलहरु वन्द हुन थालेको व्यावसायी श्याम सापकोटा वताउनुहुन्छ । दशैँ मनाउन सर्वसाधारणहरु घर गएसँगै हेटौंडा बजार क्षेत्रमा पनि चहलपहल घटेको हो । हेटौंडाका सडकमा गुड्ने गाडीहरु पनि पातलिएका छन् ।
सीमित भाडाका र निजी गाडी तथा मोटरसाइकल मात्रै सडकमा गुडेका छन् । हिजो र अस्ती हेटौंडाको बुछचोक, स्कुलारेड चोक मेनरोड लगाएताका क्षेत्रमा ट्राफिक जाम धेरै भएपनि आज भने त्यस्तो नभएको ट्राफिक प्रहरीले जनाएको छ ।