हेटौँडा खसी बजार, एक– एक घण्टामा मुल्यमा उतार चढाव

हेटौंडा । हेटौंडा १० वसपार्क नजिकको खसी बजारमा हिजो आज निकै रमाईलो समेत देखिन थालेको छ । गाउँ गाउँबाट खसी ल्याउने र खसी लिन आउनेहरुको भिड पनि त्यतीकै छ । तर, बिचौलीयाका कारुण एक एक घटामा खसीको मुल्यमा निकै उतार चढाव हुने गरेको छ ।
आज सम्म पनि खसी खरिद गर्न आउने र बिक्री गर्न आउनेहरु निकै छन् ।
यसअघिनै खसी खरिद गरेर जोहो गरेकाहरु यो बजारमा त्यती आउँदैनन् । तर, हेटौंडामा घर भएर खसी लगेर राख्ने ठाउँ नभएकाहरु भने आज पनि खसी खरिद गर्न आएको व्यापारीहरु वताउँछन् । प्रदेश ३ को अस्थायी राजधानी रहेको हेटौंडामा दशैंको लागि खसी, बोका र च्यांग्राको व्यापार धमाधम भइरहेको छ।
बसपार्क क्षेत्रमा दशैंको लागि खसी बोकाको मेला नै लागेको छ। हेटौंडाको लागि मकवानपुर जिल्लाको स्थानीय जातका खसी बोकाको खपत बढी भएको व्यापारी बताउँछन्। मकवानपुरको नामटार, हाँडीखोला, हटिया, पालुङ तथा कैलाश क्षेत्रका किसानले स्थानीय जात र बोयर जातका खसी बोका बेचिरहेका छन्। दशैंको लागि हेटौंडा लक्षित गरेर व्यापारीले पोखराबाट च्यांग्रा बेच्न ल्याएका छन्। पोखराबाट २० वटा च्यांग्रा ल्याएर बेचिरहेका मोहम्मद आलमका अनुसार अहिलेसम्म ४ वटा च्यांग्रा बिक्री भएको छ।
खसी बोकाभन्दा च्यांग्राको मूल्य बढी भएकोले खासै बिक्री नभएको उनको भनाइ छ। उनले १५ देखि १८ किलो रहेको च्यांग्रा २६ हजार रुपैयाँ प्रतिगोटा बिक्री गरिरहेका छन्। जिउँदोमा प्रतिकेजी १ हजार ८ सय प्रतिकेजी च्यांग्रा रहेको आलमले बताएका छन्। दशैं नजिकैसँगै खसी बोका व्यापारीहरुले मूल्य पनि बढाएको उपभोक्ताको गुनासो छ।
व्यापारीले केजीको दरमा भन्दा पनि गोटा गन्तीमा बेच्ने कोसिस गर्ने गरेका छन्। अहिले जिउँदो खसी प्रतिकेजी ५ सय ५० देखि ७ सय रुपैयाँ छ। बोका जिउँदोमा प्रतिकेजी ५ सय रुपैयाँको दरले बिक्री भइरहेको व्यापारी राजकुमार पुडासैनीले जानकारी दिए। यसपाली हेटौँडामा भारतबाट आयात हुने खसीबोका भने निकै कमी रहेको व्यापारीले बताएका छन्। प्राय जसो खसी(बोका स्थानीय बाख्रा फर्मबाट आउने भएकोले भारतीय खसी बोकाको खपतमा कमी भएको व्यापारी पुडासैनीको भनाइ छ।