चुरीयामाई मन्दिरमा खानेपानी सुबिधा, तीन वटा धार जडान

जनपत्र
१७ आश्विन २०७६, शुक्रबार ११:५४

हेटौंडा । हेटौंडा उपमहनागरपालिका वडा नम्बर १४ र १५ मा पर्ने चुरीयामाईको मुल मन्दिरमा आजबाट खानेपानीको सुबिधा पुगेको छ । खानेपानी अभावमा यस क्षेत्रका नागरिक र भक्तजनलाई समस्या भएकाले अवका दिनमा यो समस्या हटेको हो ।

खानेपानीका तीन वटा धारा निर्माण गरिएको छ । आजबाट तीन वटै धारामा पानी आएको छ । खानेपानी योजनाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यो ऐतीहासिक स्थानमा खानेपानी योजना निर्माण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । लगानीका हिसावले थोरै लगानी भएपनि मकवापनुर, बारा, पर्षा लगायतका क्षेत्रका भक्तजनहरु पुजा गर्न आउने स्थानमा यो योजना निर्माण गरिएको वताउनुभयो । यस मन्दिरका लागि आफुहरुले सबै खालका सहयोग गर्न तयार रहेको मेयर महतले वताउनुभयो ।

चुरीयामाई मन्दीर परिषरमा दश लाख रुपैयाँको लगानीमा तीन वटा धारा निर्माण गरिएको हो । हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड र चुरीयामाई मन्दीर व्यावस्थापन समितिको लगानीमा खानेपानीको योजना पु¥याएको हो । यसैगरी खानेपानीको ट्याङकी भने हेटौंडाको कालिका हार्डवयर एण्ड सप्लायर्षकमा सञ्चालक कृष्णबहादुर कार्कीले सहयोग गर्नुभएको छ ।

कार्यक्रममा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले खानेपानी सुबिधा दिएपछी यसको व्यावस्थापन स्थानीयले गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्का, बोर्डका सदस्य इन्द्र नेपाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । चुरीयामाई मन्दीर संरक्षण समिति तथा सुरुङ संरक्षण समितिका अध्यक्ष प्रेम भोम्जनको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*