हेटौंडामा ‘बजाज एक्सचेन्ज मेला’ हुँदै

जनपत्र
२३ जेष्ठ २०८२, बिहीबार २०:५४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ रोयल पार्टी प्यालेस नजिकै बाइपास रोड छेउमा बजाज एक्सचेन्ज मेला’ हुँदै छ । यही जेठ २५ गते देखि ३० गते सम्म मेला लाग्न लागेको हो ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा लाग्ने मेलामा पुरानो मोटरसाइकल दिएर नयाँ मोटरसाइकल खरिदमा कम्पनिले बिशेष छुट दिन लागेको हो ।

पुरानो मोटरसाइकलको न्यायोचित मुल्याङकन गरेर कम्पनिका तर्फबाट थप दश हजार रुपैयाँ सम्म ग्राहकले बोनस प्राप्त गर्ने छन् । यसैगरी ग्राहकले आगामी आर्थिक वर्षको कर पनि मेलामा बाइक खरिद गरेमा छुट प्राप्त गर्नेछन् ।

यसैगरी किस्तावन्दीमा बाइक खरिद गर्न चाहने ग्राहकहरुका लागि पनि कम्पनिले एक घण्टामानै लोनको सुविधा दिलाएको बताएको छ । यस योजनामा कम्पनिका प्रतिनिधकै उपस्थितीमा ग्राहकले आफ्ना जुनसुकै कम्पनिका पुराना स्कुटर तथा मोटरसाइकल बिक्री गरी बजाजको नयाँ बाइक खरिद गर्न सक्ने होराइजन अटो प्रालि हेटौंडाले जनाएको छ ।

यसबारे बिस्तृत जानकारी यस प्रकार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*