बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु, प्रतिपक्षले बैठक चल्न नदिने तयारी

जनपत्र
६ जेष्ठ २०८२, सोमबार ०६:२९

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आजबाट सुरु गर्नेगरी तयारी गरिएको छ । बर्षे अधिवेशनको रुपमा लिएको यो अधिवेशन सञ्चालन गर्नका लागि प्रदेशको सत्ता र प्रतिपक्षि दलहरुका बिचमा कुरा अझै मिलेको छैन ।

प्रतिपक्षी दलले संसदमा अबरोध गर्ने भनेपछी प्रदेश सरकारले नीति तथा कार्यक्रम कहिले प्रस्तुत गर्ने भनेर अझै पनि मिति तोक्न पनि सकेको छैन । आजको प्रदेश सभा बैठक भन्दा अघि सत्ता र प्रतिपक्षि दलहरुमा सहमती जुटेमा मात्र बैठक बस्न सक्ने तर, बैठकनै बस्न नदिनेगरी प्रतिपक्ष दलहरुले तयारी गरेका छन् ।

सोमबारबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालनको लागि सत्तापक्ष र प्रतिपक्ष दलबिच सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन बनेको हो ।

मुख्यमनत्री बहादुर सिंह लामाले आह्वान गरेको बैठक निष्कर्षविहीन बनेको माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसानद ढकालले जानकारी दिए ।

हिउँदे अधिवेशन आह्वान भएर पनि सरकारले चलाउन नदिनुको कारण माग गर्दा सरकारले उचित जवाफ नदिएको उनले बताए । विगतको समहति कार्यान्वयनको अवस्थाको विषयमा पनि सरकार जिम्मेवार नबनेकाले सर्वदलीय बैठक निष्कर्षविहीन बनेको उनले बताए ।

विपक्षी दलका माग र सहमतिलाई सरकारले सम्बोधन गर्न नसकेको उनको भनाई छ । आज बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएपछि सोमबार हाह्वान भएको प्रदेशसभा बैठक चल्न सक्ने अवस्था नरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*