बागमती प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्ति कानून विपरित

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार नियुक्ती कानून विपरित रहेको महाँलेखा परिक्षकको कार्यालयले जनाएको छ ।
बितेको आर्थिक वर्षको लेखा प्रतिवेदन सार्वजनिक गर्दै महाँलेखा परिक्षकको कार्यालयले प्रमुख राजनीतिक सल्लाहकारलाई दिएको तलब सुविधा र घरभाडा वापतको रकम कानून विपरित रहेको जनाएको छ ।
यसअघिका मुख्यमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकारको योग्यता निर्धारण नगरीकन प्रमुख राजनीतिक सल्लाहकार नियुक्ती गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रस्न उठाएको हो । कानून विपरित नियुक्त गरिएको सल्लाहकारलाई दिएको तलब र सुविधा नियम संगत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महाँलेखा परिक्षकको कार्यालयको प्रतिवेदन जस्ताको तेस्तै ।