हेटौंडाबाट चोरी गरिएका २ वटा ट्रक प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिहरूलाई बुझायो

जनपत्र
४ जेष्ठ २०८२, शनिबार १७:४४

हेटौँडा । ग्यारेज र घरबाट चोरी गरिएका दुई वटा ट्रक फेला पारेर प्रहरीले सम्बन्धित व्यक्तिहरूलाई बुझाएको छ। हेटौँडा उपमहानगरपालिका–१२ का ४१ वर्षीय ईश्वर बलामीले सञ्चालन गर्दै आएको ना ३ ख ७३२० नम्बरको ट्रक र हेटौँडा उपमहानगरपालिका–३ का हरिबहादुर डंगोलले सञ्चालन गर्दै आएको मे १ ख १४५७ नम्बरको ट्रक प्रहरीले फेला पारी शनिबार उनीहरूलाई बुझाएको हो।

ईश्वर बलामीको ट्रक हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थामा मंगलबार चोरी भएको थियो। हरिबहादुर डंगोलको आफ्नै घरअगाडि राखेको ट्रक बिहीबार चोरी भएको थियो।

हेटौँडाबाट चोरी गरिएका दुवै ट्रक चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालले भने, दुवै ट्रक जिल्ला प्रहरी कार्यालय हेटौँडामा ल्याएर सम्बन्धित व्यक्तिहरूलाई बुझाएका छौँ। चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेका छौँ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*