जिल्ला समन्वय समिति मकवानपुरको शुभकामना आदान प्रदान
हेटौंडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदै गरेको चार्ड पर्वको सबैमा शुभ कामना व्यक्त गर्नु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजानमा नेपालीहरुको महान चार्ड बडा दशै, शुभ दिपावली तथा छट पर्वको शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले सबै नेपालीमा शुख शान्तिको कामना गर्नुभएको छ ।
आउँदै गरेका चार्ड पर्व हर्सोल्लास पूर्वक मनाउन पनि मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । यसैगरी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पनि दशै, तिहार लगायत चार्ड पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सहभागि सबैमा शुभकामना व्यक्त गर्दै खुसी पूर्वक दशै मनाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा अर्थ समितिका सभापति तथा सांसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान, जुनेली श्रेष्ठ, हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महत, जिल्लका बिभीन्न राजनीतिक दलका नेताहरु, गाउँपालिकाका अध्यक्षहरु, नागरिक समाज, पत्रकार, बिभीन्न मन्त्रालयका सचिवहरु लगायतकाको सहभागिता रहेको थियो ।