सन्दर्भः अन्तराष्ट्रिय शिक्षा दिबश २०२५, शिक्षाको सुदृढिकरणमा अनलाईन शिक्षाको महत्व

अन्तराष्ट्रिय शिक्षा दिबशको यस बर्षको नारा “æAI and education: preserving human agency in a world of automation” अर्थात शिक्षा र आर्टिफिसियल ईन्टेलीजेन्स, मानबिय क्षमता लाई अटोमेशनको युगमा जोगाउने भन्ने रहको छ । हाल तिब्र गतीमा फैलिएको प्रबिधिक प्रगती लाई दृष्टिगत गर्दै मानबको स्वतन्त्रता र क्षमतालाई प्राथमिकता दिनु पर्ने आबश्यकता रहेको मर्मलाई यस नाराले उजागर गरेको छ ।
नेपालमा शिक्षाको लागी राष्ट्रिय अभियान नेपाल लगायत शिक्षा बिकाशको क्षेत्रमा कार्य गर्ने नागरिक समाज संस्थाहरुले यसै बिषयमा छलफल गर्दै अनलाईनको शिक्षाको महत्व र यसबाट जोगिन बालबालिकाले निर्बाह गर्नु पर्ने भुमिकाको बारेमा सचेतना गर्न नेतृत्वदायि भुमिका निर्बाह गर्दै देशको सातै प्रदेश र अधिकांश जिल्लाहरुमा शिक्षाको अधिकार सुनिश्चितताको लागी समेत बिभिन्न कार्यक्रम गरि शैक्षिक बकालतहरु गरिरहको पाईन्छ । बालबालिकालाई अनलाईन बाट संरक्षण दिईनु पर्दछ भन्ने आबाज बुलन्द भएको समेत पाईन्छ ।
शिक्षा त्यो औजार हो जसले हरेक ब्यक्ति भित्र रहेको अन्र्तनिहित प्रतिभाको प्रष्फुटन गराउन मद्धत पुर्याउछ । शिक्षाले मानिसको बैद्धिक, सामाजिक, शारिरीक, नैतिक आर्थिक, राजनैतिक लगायत समग्र पक्षको बिकाश गर्न मद्धत पुर्याउछ । शिक्षाको कारणले मानीस पशु भन्दा पृथक छ । शिक्षाले मानिसको सकारात्मक सोच्ने कलाको बिकाश गराउदै प्रगतीशिल रुपान्तरण पनी गराउछ । शिक्षाको माध्यबाट ब्यक्तिले जीबन जीउने संघर्ष गर्न सक्षम हुन्छ । मानब सभ्यताको बिकाश संगै शिक्षा सम्बन्धि चेतना र सोचमा पनी अभिबृद्धि हुदै शिक्षा अपरिहार्यको रुपमा स्थापित हुन पुगेको छ ।
बिधालय र सिकाई केन्द्रहरुमा अनलाईन शिक्षा अपरिहार्य रहेको छ । तात्कालिन कोभिडको समयमा अनलाईन शिक्षा सुरु गरिएको थियो तर अहिले आएर त्यसलाई खासै महत्व दिएको पाईदैन । फेरिपनि कुनै किसिमको महामारी आईहाल्यो भने शिक्षा अर्थात बालबालिकाको सिकाई अबरुद्ध हुनु हुदैन भन्ने मान्यता यो अभियानको हो । यस अभियानले शिक्षालाई दैनिक जीबन संग जोडदै गुणस्तरिय, समाबेशी र जीबन उपयोगि शिक्षा दिन राज्यलाई दबाब सिर्जना गरिने लक्ष्य बोकेको पाईन्छ । यसै गरि शिक्षालाई शिप संग जोडदै प्राबिधिक शिक्षा प्रणालिलाई बिशेष जोड दिईने हुनु पर्दछ ।
कोभिडको महामारीमा शिक्षामा भएको क्षयिकरणलाई उकास्न संयुक्त राष्टसंघले आयोजना गरेको ट्रन्सफरमेटिभ ईजुकेशन सबमिट मा नेपाल सहित बिभिन्न देशका प्रतिनिधीहरुले आफ्नो देशको शिक्षा प्रणालिलाई रुपान्तरण गरि सकारात्मक सुधार गर्ने र संकटमा परेको शैक्षिक सिकाईलाई संकट मुक्त गर्दै अग्रगामी निकाश निकाल्ने प्रतिबद्धता गर्दै पुरातनबादि शिक्षामा आमुल परिबर्तन गर्दै नबिनतम मुल्य मान्यता स्थापित गर्ने समेत प्रतिबद्धता गरिएको थियो । तात्कालिन समयमा नेपालको तर्फबाट समेत प्रतिबद्धता जनाउदै शिक्षामा लगानी अभिबृद्धि गर्ने, प्रबिधि मैत्री शिक्षालाई बढाबा दिने, समाबेशी, समतामुलक, सुरक्षित सिकाई, ब्यबहारिक शिक्षा र शिक्षकको उचित ब्यबस्थापन गर्दै शिक्षाको रुपान्तरणमा शिक्षकको भुमिका अभिबृद्धि गर्ने जस्ता बिषयमा ब्यापक छलफल भएको थियो ।
सामान्य अबस्थामा ईन्टरनेटको सहायताले कम्प्युट वा ल्यापटप जस्ता सामाग्री चलाउन जान्नु मात्रै डिजिटर साक्षरता होईन । आफुलाई आबश्यक भएको सुचना वा सामाग्री प्राप्त गरि त्यसलाई समाजको बिकाश र हितमा प्रयोग गरिने शिपनै डिजिटल साक्षरता हो । अझ स्पष्ट रुपमा भन्नु पर्दा जीबनलाई सहज बनाउन प्रबिधी बारे जान्ने, बुझ्ने र यसको सहि प्रयोग गर्न सक्ने हुनुनै डिजिटल साक्षरता हो । समाज बिकाशको क्रममा अनलाईन डिजिटल साक्षरताले निकै फडको मारिसकेको छ । जमाना एआईको आई सकेको छ । च्याट जिपिटीको धेरै प्रयोग भईरहेको पाईन्छ । यस्ता सामाग्रीको प्रयोगले मानिसले धेरै प्रश्नहरुको उत्तर पाईरहेको हुन्छ जसले गर्दा दुख गरेर पढिरहनु नपर्ने भएको छ । यसरि एआई र च्याट जिपिटि जस्ता एप्सले मानिसको क्षमतामा समेत असर परिरहेको पाईन्छ । अब क्रमश यो संसार अनलाईनको संसार अर्थात प्रबिधीको संसारमा बिकाशित भईरहेको पाईन्छ । यस्तो अबस्थामा बालबालिकाहरु अनलाईन बाट दुब्यबहारको शिकार समेत भईरहेका छन् । यस समस्याहरुलाई अन्त्य गर्ने ठुलै चुनौती पनी देखिएको छ ।
भेलिको औधोगिक क्रन्तिको लागी आज सुसक्षित अनलाई शिक्षा प्रबिधीमा लगानी बढाउन आबश्यक छ । सुक्ष्म एबं अन्नत कम्प्युटर निर्माणमा प्रयोगहुने सुक्ष्म प्राधोगिकी – न्यानो टेक्नोलोजी) ब्रेन रिसर्च, थ्रि डि पेन्टिगं, मोबाईल नेटबर्क र कम्प्युटिगंले भोली हाम्रा कल्पना बाहिरको कुराले फडको मार्ने छ । तसर्थ उक्त बेलाको आबश्यकता लाई मध्यनजर गर्दै अनलाईन शिक्षण र डिजिटल साक्षरता आबश्यकता भईसकेको छ ।
सार्बजनिक शिक्षालाई सुदृढिकरण गर्दै आबश्यकताको आधारमा अनलाईन शिक्षा तथा समग्र शिक्षाको हकमा गुणस्तरिय शिक्षाको सुनिश्चित गर्न नेपाल सरकारले अन्र्तराष्ट्रिय मन्चहरुमा गरेको प्रतिबद्धता अनुरुप तिनै तहको सरकारले सार्बजनिक शिक्षामा लगानी गरिनुु पर्दछ । नेपालको संबिधानले निशुल्क र अनिबार्य शिक्षा सम्बन्धि मौलिक हकको रुपमा ब्यबस्था गरेको छ ।
अतः संबिधान अनुरुपको शिक्षा अधिकार स्थापित गरिनु पर्दछ । बिधालय जाने उमेरका कुनै पनी बालबालिका बिधालय बाहिर हुनु हुदैन । श्रमिक बालबालिकालाई श्रममा होईन बिधालय जाने बाताबरणको सिर्जना हुनु पर्दछ । बाल बिबाह गरि बिधालय छोडेका बालबालिकाहरुलाई खोजबिन गरि शिक्षामा आबद्ध गरिने बाताबरण सिर्जना गरिनु पर्दछ । शिक्षा क्षेत्रमा देखिएको बिधमान ब्यापारिकरण लाई सरकारले निषेध र नियमन गर्दै उचित ब्यबस्थापन गर्न अबेर भईसकेको छ । बिपद र महामारिमा समेत शिक्षण सिकाई अबरुद्ध नपारि अनलाईनको माध्यमबाट पठनपाठनलाई नियमित र निरन्तरता दिन सक्ने बाताबरण सिर्जना गरिनु पर्दछ । अब बिधालय तहमा गुणस्तरिय प्राबिधीक शिक्षाको पहुच अभिबृद्धि गरियोस् भन्दै जोडदार रुपमा बिषय उठान हुन आबश्यक छ । सिमान्तकृत समुदायका बालबालिका, अपागंता भएका बालबालिका, यौनिक तथा लैगिंक अल्प संख्यक समुदायका बालबालिका, दलित समुदायका बालबालिका लाई बिधालयमा ल्याउने र टिकाई राख्न तथा गुणस्तरिय शिक्षाको सुनिश्चितताको लागी बिशेष किसिमको कार्यक्रमहरु ल्याउन स्थानिय सरकार कटिबद्ध भई निती योजना र कार्यक्रम सोहि अनुसार हुन अबश्यक रहेको छ ।
नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक र समाजबाद उन्मुख राष्ट्र भनिएता पनी हामी सबैको सामु हामीले अंगिकार गरेको निती , कार्यक्रम र बजेटले हामीले शिक्षालाई कुन स्तरमा राखेका छौ भन्ने कुरा स्पष्ट पार्दछ । नेपाल जस्तो लोकतान्त्रीक गणतन्त्रात्मक मुलुकमा बि. सं २०२८ को शिक्षा ऐन लागु हुनु र सार्बजनिक शिक्षाको खस्कदो अबस्था हुनु चिन्ता र चासोको बिषय बनेको छ ।
नेपालको शिक्षा सम्बन्धि संबिधानकै धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभुत तह सम्मको शिक्षाको हक हुने, आधारभुत तह सम्मको शिक्षा अनिबार्य र निशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुने, अपांग र बिपन्न लाई कानुन बमोजिम निशुल्क र उच्च शिक्षाको हक हुने, दृष्टिबिहिन, बहिरा आदिलाई ब्रेललिपी तथा सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुने ब्यबस्था गरिएको छ । यहि संबिधानको मुल मर्म र भाबनालाई समेटेर नेपालले अनिबार्य तथा निशुल्क शिक्षा ऐन २०७५ तथा निशुल्क शिक्षा सम्बन्धि नियमाबली २०७७ जारि गरि कार्यान्वयन गरिरहेको पाईन्छ । यसै परिेबशमा ति सबैलाई उचित अनलाईन शिक्षा दिन अपरिहार्य समेत देखिएको छ ।
शिक्षा देश बिकाश संग जोडिने खालको हुनु पर्दछ । शिक्षाको अभिबृद्धिको लागी समुदाय स्तरमा पठन सस्कृतीको बिकाश गर्ने खालको ब्यबस्थापन हुनु नितान्त आबश्यक छ । नेपालमा अहिले उच्च शिक्षाको नाममा पुंजी पलायन र बिधार्थिहरुको बिदेशिने क्रम बढदो अबस्था भएकोले कहालिलाग्दो स्थिती देखिन्छ । देशको आबश्यकताको आधारमा के कस्तो कुन कुन जनशक्ति आबश्यक पर्ने हो त्यसको आधारमा शिक्षा प्रणाली निर्धारण गरि शिक्षा दिन सकियो भने शिक्षा सार्थक हुन सक्दछ । शिक्षाले जातिय बिभेदको अन्त्य, लैगिंक बिभेदको अन्त्य, बर्गिय बिभेदको अन्त्य गर्दै समन्यायिक, सिर्जनशिलतालाई बढाबा दिन सक्ने, चिन्तनशिल हुन आबश्यक छ । शिक्षा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत हुनु हुदैन । अब २१ ऋौ शताब्दिलाई मध्यनजर गरेर शिक्षाको बिकाश गरिनु पर्दछ ।
शिक्षामा राज्यको लगानी प्रसस्त हुनु पर्दछ । डिजिटल शिक्षा सहितको सार्बजनिक शिक्षालाई प्राथमिकिकरण गर्दै न्यायपुर्ण समाज स्थापनाको लागी समाज र राष्ट्रको आबश्यकताको आधारमा पठ्यक्रम तयार हुनु पर्दछ । शिक्षामा राज्यको उचित लगानी हुनुको साथै नियन्त्रण, निर्देशन , परिचालन र नियमन हुदै पुरातनबादि मुल्य र मान्यतालाई हटाउदै नबिनतम सोच र उच्च आदर्श बोकेको हुनु पर्दछ । शिक्षा भनेको किताब घोकाउने होईन जीबन र जीबिका संग गासिएको हुनु पर्दछ । तसर्थ शिक्षा लाई मानब बिकाशक्रम संगै मानिसको चेतना र उत्पादन बृद्धि गर्ने साधनको रुपमा हेरिदै यस अन्र्तराष्ट्रिय दिबशको अबसरमा शैक्षिक रुपान्तरणको लागी प्रन्त्येक नागरिक समाज सस्थाहरु बिच ब्यापक बहसको अबश्यकता पर्दछ ।
लेखक संयोजक, शिक्षाको लागी राष्ट्रिय अभियान बागमती प्रदेश एबं अध्यक्ष, बाल कल्याण समाज मकबानपुरका हुनुहुन्छ ।