१२ नम्बर वडामा जनताको काम मेरो पहिलो प्राथमिकता हो– वडा अध्यक्षका उम्मेदवार राजेश नगरकोटी

जनपत्र
११ मंसिर २०८१, मंगलवार ०७:३९

हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ बाट २०७९ को निर्वाचनमा बिजेता बन्नुभएका वडा अध्यक्ष ललित घलान, जिल्ला समन्वय समितीको प्रमुख बनेपछि यहाँ वडा अध्यक्ष पद रिक्त हुन पुग्यो । निर्वाचन आयोगले मंशीर १६ गते वडा अध्यक्ष चयनका लागि उप निर्वाचन गराउँदैछ । यो निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेद्वार प्रतिस्पर्धा गरिरहेका छन् । नेकपा एमालेले २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरिसक्नु भएका राजेश नगरकोटीलाई पुनः उम्मेद्वार बनाएको छ । उपनिर्वाचनकै सन्दर्भमा रहेर उहाँसंग गरिएको संक्षिप्त कुराकानी ।

गत निर्वाचनमा पराजित भएपनि पुनः उपनिर्वाचनमा उम्मेद्वार बन्नुभएको छ । यसपटक सफल हुनेमा कत्तीको विश्वस्त हुनुहुन्छ ?

अघिल्लो निर्वाचनमा म केही थोरै मतले पराजित भए । निर्वाचनको परिणाम जस्तोसुकै आएपनि म निरन्तर हेटौँडा उपमहानगरपालिका वडनम्बर १२ का जनता माझ छु । उहाँहरुको सुखदुःखमा सधैसंगै छु । मैले २०७९ को निर्वाचनमा धेरै मतदाताको मन जितेरै मत पाए । त्यो मत सम्मानजनक नै थियो । अहिले परिस्थिती फेरिएको छ । मतदाताको घरदैलोमा जाँदा उहाँहरुले देखाउनुभएको माया स्नेहले यो पटक मैले उहाँहरुको सेवा गर्ने अवसर पाउनेछु भन्नेमा म विश्वस्त छु । मलाई नेकपा एमालेले विश्वास गरेर पुनः उम्मेदवार बनाएको छ । पार्टीका साथीहरुले पनि विश्वास गर्नुभयो । हाम्रो पार्टीको भरोसा र विश्वासलाई १२ नम्बर वडा बासीले पनि विश्वास गर्नु हुनेछ भन्नेमा म ढुक्क छु ।

हेटौंडा उपमहानगरपालिका वडानम्बर १२ लाई विकासका दृष्टिकोणले समृद्ध बनाउने तपाईका योजना के छन् ?

मानब मस्तिष्कको चेतना नै विकास हो । त्यसैले यहाँको साक्षरता दर बढाउनुपर्छ । हाम्रो वडामा रहेका केही बिद्यालयमा भौतिक पुर्बाघार नमूनाकै छन् । केही विद्यालयको भौतिक पुर्वाधारमा सुधार ल्याउनुपर्छ । प्रत्येक विद्यालयबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउने योजना बनाई काम गर्नेछु । प्राबिधीक शिक्षाको ब्यवस्था गर्ने, प्रदेश युवा परिषद बागमतीसंगको सहकार्यमा युवाहरुलाई सीप सहितको दक्ष जनशक्तीका रुपमा रुपान्तरण गर्ने मेरो प्रमुख ध्येय रहनेछ । बागमती प्रदेशको सामजिक विकास मन्त्रालयसंग समन्वय गरेर छोरी बुहारीलाई उच्च शिक्षा निशुल्क ब्यवस्था गर्ने, बालविवाह र स्कुल छाड्ने प्रबृत्ती रोकेर सबै बालबालिकालाई शिक्षामा पहुँच पुर्र्याउने ब्यवस्था मिलाउने योजना बनाएको छु । हाम्रो वडामा रहेका ७ वटा बिद्यालयमध्य ४ वटा मात्रै सञ्चालनमा छन् । अब सबै बिद्यालयहरु सञ्चालन गर्ने योजना बनाएको छु ।

यसमा मलाई सबै वडा बासीको साथ मिल्नेछ भन्ने विश्वास लिएको छु । सीप र शिक्षाले युवालाई रोजगारीको अवसर मिल्नेछ । सीपयुक्त युवा आफु स्वरोजगार हुँदै अरुलाई समेत रोजगारी दिन सक्ने बनाउनुपर्छ । यस्तै कृषिमा हाम्रो वडामा प्रशस्तै सम्भावना छन् । हाम्रा रैथाने बालीहरुको संरक्षण गर्दै हाम्रो मौलिकता जोगाउनुपर्छ । कृषिमा आधुनिकीकरण, उन्नत नश्लका पशुपालन, हाम्रो वडाका धेरै कृषक दाजुभाईहरुले सुरु गरिसक्नुभएको छ । हाम्रो वडा आधुनिक कृषि प्रबिधीसंग परिचीत भईसकेको छ । आधुनिक तरिकाबाट कृषि र पशुपालन गरिरहनुभएका किसानलाई प्रदेश ,संघ र स्थानीय सरकारले दिने अनुदानमा सहभागी गराउन प्रस्ताब लेखन, कृषि फार्म दर्ता लगायतका विषयमा वडाबाटै सहजीकरण गर्ने ब्यवस्था मिलाउने योजना छ । कृषि र प्रबिधीका विषयमा किसानले अनलाईनबाटै धेरै कुरा सिक्नेगरी विशेषज्ञ र कृषकलाई एकैठाउँमा जोड्नेगरी योजना बनाएको छु यसले कृषि उत्पादन बढ्नेछ ।

निर्वाहमुखी कृषि कर्मलाई परिवर्तन गरेर व्यवसायमुखी कृषिकर्म बनाउने योजना छ । यस्तै कृषि पर्यटनको सम्भावना हाम्रो वडामा धेरै नै देखेको छु । १२ नम्बर वडा प्रबेश गर्न कुखरेनी खोलामा पुल बनेको छ । वडा प्रबेश गर्ने बित्तीकै सरकारी लगानीको आकर्षक बनस्पती उद्यान पुग्न सकिन्छ । त्यस उद्यानमा वनस्पती र जडीबुटीका धेरै विषयहरु अध्ययन गर्न सके हाम्रो वडाले त्यसबाट महत्वपूर्ण उपलब्धी हासिल गर्न सक्नेछ । बनस्पतिबाट अगाडी आउँदा लखनथापाको स्मृतिमा आकर्षक पार्क बनेको छ त्यसको संरक्षण अपरीहार्य भएको छ । दिगो विकासको लक्ष्य पूरा गर्नेगरी सिंचाई ढल बाटोघाटो पुलपुलेशा निर्माण गर्नुपर्नेछ । हाम्रो वडाका सबै स्थानहरुमा समानुपातिक विकास पुर्र्याउनुपर्नेछ । वडाका स्थानीय बासिन्दा बर्षाका बेला सहजै कामबाट घर पुग्न सक्नेगरी वडाको कनेक्टीभीटी सहरसंग जोड्नुपर्नेछ । मैले समृद्द १२ नम्बर वडा बनाउने गरी विकासको योजना बनाएको छु मेरो योजनामा यहाँको स्थानीय बासिन्दाको सल्लाह सुझाब समेटिने छ । हाम्रो विकास, हाम्रै लागि, हाम्रै पहलमा भन्ने सोँचका साथ अघि बढ्ने योजना छ ।

पछिल्लो समय उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डामा मात्रै अनेक कुराको आकर्षण दिने गरेको भन्ने मतदाताहरुको आरोप छ, यसलाई कसरी लिनुहुन्छ रु
म अहिले उम्मेदवार हुँ । त्यसकारण पनि मतदाताहरुले शंकाको सुबिधा पाउनुहुन्छ । अघिल्लो निर्वाचनमा हाम्रा पार्टीबाट निर्वाचित साथीहरुले राम्रै काम गरेको उदाहरण हामीसंग छ । उपमहानगरको मुल्यांकनमा हाम्रो वडा उत्कृष्ट रहेको थियो । म अब त्यही टिमको नेतृत्व लिन मैदानमा आएको छु । हामीले गर्न नसकिने कुरा गरेका छैनौँ । मैले पुर्व मन्त्री माननीय एकालाल श्रेष्ठको सचिवालयमा बसेर पनि विकास निर्माणका योजना बनाउने अबसर पाएको थिए । मन्त्रालयमा बसेर काम गर्दा धेरै अनुभव बटुलेको छु । त्यतिखेर पनि वडाको विकासका लागि बजेट छुट्याउन मेरो पहल रह्यो । त्यो बजेटलाई वडाको विकासमा लगाउने जिम्मा मलाई नै वडाबासीहरुले दिनुहुनेछ भन्ने मेरो बुझाई हो । स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने हाम्रो वडामा एउटा स्वास्थ्य चौकीे छ । यसलाई अस्पतालमा रुपान्तरण गर्नुपर्छ । विशिष्ट प्रकृतिको उपचारका लागि मात्रै वडा बासीले हेटौँडा अस्पताल पुग्न परोस् । अघिपछि वडाको अस्पतालबाटै सहज उपचार सेवाको ब्यवस्था मिलाउन सकिन्छ । मेरो विशेष ध्यान यसमा केन्द्रित हुनेछ ।

वडाबासीलाई सुरक्षाको प्रत्याभुती दिलाउन तपाईको योजना के छन् ?

मानिसका अन्य आवश्यकता जस्तै शान्ति सुरक्षा अत्याबश्यक हो । सुरक्षाका लागि हामै्र्र वडामा प्रहरी कार्यालय रहने गरी योजना बनाउनुपर्छ । वडा कार्यालयकै पहलमा प्रहरी चौकी भवन बनाएर त्याँहा प्रहरी राख्ने ब्यवस्था मिलाउन सकिन्छ । यसका लागि मेरो विशेष पहल रहने प्रतिबद्धता पनि जनाउन चाहन्छु ।

राजनीतिमा आउनुभन्दा अघि तपाईको आबद्दता शिक्षण पेशामा थियोरु त्यही पेशालाई निरन्तरता दिँदा तपाईको ब्यक्तीगत जीवन सुरक्षित थियो । तर शिक्षण पेशा छाडेर राजनीतीमा किन आउनुभयो ?

राजनीतीमा आउनुअघि म पेशाले शिक्षक थिए । तर मेरो बाल्यकाललाई हेर्ने हो भने म सानै उमेरमा राजनीतीमा रहेछु । मेरो बुबा कृष्ण नगरकोटी बामपन्थी आन्दोलनमा जेलनेल बिताउनुभएको नेतृत्व हो । बाल्यकालमा प्रजातन्त्र प्राप्तीका लागि भएको आन्दोलनमा बुवा सधै निरन्तर लाग्नुभयो । बालकलाकार बनेर मैले त्यो आन्दोलनमा सहभागिता जनाएको थिए । अध्ययन गर्दै जाँदा जीवन निर्वाहका लागि मैले हाम्रै वडाका विद्यालयहरुमा शिक्षण पेशा गरे । मैले धेरै बिद्यार्थी भाइ वहिनीहरुलाई ज्ञान दिने सौभाग्य पाए । तर मेरो ब्यक्तिगत जीवनको सफलता भन्दा समाजको उन्नतीमै मेरो ध्यान केन्द्रित भयो । मैले शिक्षण पेशा छाडेर राजनीतीमा आउने निर्णय लिए । हालसालै हेटौँडा उपमहानगरपालिका वडानम्बर १३ मा युवा संघ मकवानपुरको साधारण सभा सम्पन्न गरेर अध्यक्षको जिम्मेवारीमा छु । मेरै पहलमा यहाँ अधिबेशन हुँदा त्यसले हाम्रो गाउँठाउँका बारेमा सबैतिर सकारात्मक सन्देश समेत दिएको थियो । म राजनीतीमा आउनुको प्रमुख कारण चाही समाज सेवा नै हो ।

नेकपा एमालेलाई यहाँका मतदाताले मत दिनुपर्ने महत्वपूर्ण आधार चाही के हो ?

हेटौँडा उपमहानगरपालिकालाई सफा स्वच्छ हराभरा बनाउन नेकपा एमालेको महत्वपूर्ण भूमिका छ । अझै भन्ने हो भने १२ नम्बर वडालाई नगरमा गाभ्ने योजनाको मुख्यसुत्रधार डोरमणि पौडेल हाम्रै नेता हो । अनन्त पौडेल सुकुम्बासी समस्या समाधान आयोगमा हुँदा उहाँकै नेतृत्वमा साबिक १२ नम्बर वडाको बनस्पतीमा ब्यवस्थित बसोबास गराईयो । ९ नम्बर वडा र हाम्रो वडा जोड्ने पुल एमालेकै पहलमा बन्यो । यहाँका सर्वसाधारणलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन एमालेले खेलेको भूमिका यहाँका मतदातले बिर्सीएका छैनन् । एमालेका नेतृत्वहरु डोरमणि पौडेल, जुनेली श्रेष्ठ, एकालाल श्रेष्ठ मुख्यमन्त्री, मन्त्री, सांसद भएका बेला यस वडामा छुट्याएको बजेटले भएका विकास आम सर्वसाधारणको आँखामा छन् । अघिल्लो पटक एमालेबाट मेयर जित्नुभएका हरिबोल महतको कामबाट प्रभावित भएका यहाँका स्थानीयले उहाँको फोटो सहित “हाम्रो मेयर, राम्रो मेयर” लेखेर ब्यानर नै राखेका छन् । मेरो, मेरो परिवारको राजनीतिक पृष्ठभूमी, मैले १२ नम्बर वडाको विकासका लागि खेलेको भूमिका सबै यहाँका आमा बुवा दाजुभाइ, दिदीबहिनीले देख्नुभएको छ ।

अन्तिममा, यहाँका मतदाताले सूर्य चिन्हमै मत दिनुपर्ने आधारहरु के हुन् ?

यहाँका गुम्बा , मठमन्दिरहरुको संरक्षण, मौलिक संस्कृतिको रक्षा, मेलापर्व जात्राहरुको संरक्षण, रैथाने बीउ बालीहरुको संरक्षण गर्दै अहिलेको आधुनिकतासंग हाम्रो समाजको मौलिकताको मिलन गराउन मेरो भूमिका रहन्छ । यहाँका बनजंगल, खोलानाला र प्रकृतिको सुन्दरतालाई यथावत कायम राख्न म विशेष पहल गर्नेछु । १२ नम्बर वडा बालबालिका मैत्री, वृद्धावृद्धा मैत्री, महिला मैत्री र युवा मैत्री बनाउन मेरो पहल रहनेछ । यसका लागि मङ्सिर १६ मा हुन गइरहेको उपनिर्वाचनमा मलाई आफ्नो अमुल्य मत दिनुहुन सम्पूर्ण वडाबासीहरुमा विनम्रता पुर्वक अनुरोध गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*