टोल टोलमा मतदाता भेट्दै वडा अध्यक्षका उम्मेदवार नगरकोटी
हेटौंडा । १६ मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गरि हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१२ , नेकपा एमाले तर्फका उम्मेद्वार राजेश नगरकोटीले मतदाता भेटघाट अभियानलाई तीव्र पारेका छन् । नगरकोटीले यतिबेला मतदाता भेट्न घर सम्म मात्रै नभई कोदो टिप्ने सिजन भएकाले कोदो टिप्न ब्यस्त रहेका मतदाता समेतलाई भेट्न तीव्रता दिएका हुन् ।
नगरकोटीले यतिबेला मतदातासंग उनीहरुका समस्या बुझ्न तथा आफ्ना कुराहरु राख्नका लागि व्यस्त भइरहेका छन् । साथै आफ्ना विभिन्न प्रतिवद्धताहरु बोकेर मतदातासंग भेट गरिरहेका छन् । मतदाताहरुले विभिन्न समस्याहरु राख्ने गरेका छन् ।
विशेषगरी १२ नम्वर वडामा कृषि व्यवसायी गर्ने किशानहरु धेरै भएको हुनाले पनि नगरकोटीले आफ्नो पहिलो प्रमुख योजनाको रुपमा कृषिलाई समेटिएको बताएका छन् । उनले आफ्नो प्रमुख योजना १२ नम्वर वडाको समृद्धि रहेको बताउँदै आएका छन् ।