१२ नम्वर वडाको समृद्धि नै मेरो प्रमुख योजना होः वडा अध्यक्ष उम्मेद्वार राजेश नगरकोटी
हेटौंडा / १६ मंसिरमा हुने हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष पदको उपनिर्वाचनका उम्मेद्वारी दिएका उम्मेद्वारहरु यतिबेला मतदाता भेट्न घरदैलो कार्यक्रममा ब्यस्थ देखिएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्र तर्फ ललित घलान जिल्ला समन्वय समितिको प्रमुख भएपछि रिक्त रहेको उक्त वडा अध्यक्ष पदमा १४ जनाले उम्मेद्वार दर्ता गराएका छन् ।
उम्मेद्वार दिएका १४ जनामध्ये मुख्य तीन प्रमुख दल नेकपा एमाले , नेपाली कांगे्रस र नेकपमा माओवादी केन्द्रबी कडा प्रतिप्रस्पर्धा हुने देखिएको छ । नेकपा एमालेतर्फ राजेश नगरकोटी , कांग्रेसतर्फ अर्जुन तिवारी र नेकपा माओवादी केन्द्रतर्फ रविन प्रधानको प्रतिस्पर्धा देखिएको छ ।
नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका नगरकोटी र कांग्रेसबाट उम्मेद्वार बनेका तिवारीको भने यो दोस्रो पटक सोही वडाको वडाध्यक्ष पदका लागि उम्मेदवारी हो । गत स्थानीय तह निर्वाचनमा हेटौंडा–१२ को अध्यक्ष पदमा माओवादीका ललित बहादुर घलान, कांग्रेसका अर्जुन तिवारी र एमालेका नगरकोटीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा तीनै जना उम्मेदवारले उस्तै हाराहारीमा मत ल्याए । १३ सय ७१ मत ल्याएका माओवादीका घलान विजयी भए ।
कांग्रेसका तिवारीले १३ सय ४० मत ल्याउँदा नगरकोटीले १३ सय २५ मत प्राप्त गरे । अध्यक्ष पद माओवादीको पोल्टामा परेपनि वडासदस्यको सिंगो टिम नै नेकपा एमालेले जितेको थियो ।
यसअघि जम्मा ४६ भोटले मात्रै पराजित भएका एमालेतर्फका उम्मेद्वार राजेश नगरकोटीसँग गरेको कुराकानीको संम्पादित अंश ः
वडा अध्यक्षको उम्मेद्वार बनिरहँदा प्रमुख योजना चाँहि के के बनाउनु भएको छ ?
मेरो प्रमुख योजना भनेको १२ नम्वर वडाको समृद्धि नै हो । भौगोलिक हिसाबले १२ नम्वर वडाको केहि भु–भाग सम्म छ भने केहि खोला र भिरालो जस्ता संरचना छ । ती सबै क्षेत्रको समानुपातिक हिसाबमा चोतर्फी विकास गरेर १२ नम्वर वडालाई समृद्ध वडा बनाउने मेरो मुख्य योजना हो ।
मुख्य १२ नम्वर वडाको भौतिक संरचनाको विकास धेरै हदसम्म बढिसकेको छ । यसको सुरुवात बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेल र त्यसै क्षेत्रका सांसद जुनेली श्रेष्ठ हुँदाखेरी धेरै ठुला ठुला योजनाहरु परेर विकास निर्माणको काम भएको सबैलाई थाहा नै छ ।
हाल २०७९ सालको निर्वाचनबाट हाम्रो यसै क्षेत्रका माननीय सांसद एकलाल श्रेष्ठ र भारती पाठक ज्युबाट त्यसै कामलाई निरन्तरता दिएर जाने कुरा सिर्जना भएको छ । त्यस बाहेक १२ नम्वर वडालाई समृद्ध बनाउनका लागि मुख्य गरेर कृषि क्षेत्रमा विशेष रुपमा पहल गर्न सक्यो भने हाम्रो वडामा व्यवसायीक रुपमा कृषक गर्ने किशानहरु धेरै हुनुहुन्छ । केहि समय अघि मात्रै मैले बागमती प्रदेशको कृषि मन्त्री प्रकाश श्रेष्ठसँग त्यहाँका किशानहरुसँग अन्तरक्रिया कार्यक्रम राखेको थिए । जुन कार्यक्रम धेरै प्रभावकारी पनि भएको छ ।
मैले यो कुरा किन जोडिरहेको छु भने कृषिमा हाम्रो वडामा विभिन्न किसिमका खेतीहरुलाई प्रर्वद्धन गर्न सकेमा कृषिबाट एक किसिमको समृद्ध हाँसिल गर्न सकिने छ ।
त्यसैगरी , शिक्षालाई हामिले जोडदार रुपमा उठाउने छु । म आफै पनि शिक्षण पेशाबाट आएको हुनाले शिक्षा व्यवस्थापन गर्नका लागि मैले विभिन्न योजनाहरु बनाएको छ । जसअन्तर्गत सामुदायिक र संस्थागत विद्यालयहरुलाई मजबुद बनाउने मेरो योजना छ ।
पर्यटक हिसाबले पनि १२ नम्वर वडालाई जोड्ने मेरो योजना छ । जस अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ र १२ जोड्ने पुल छ । जुन भौगोलिक हिसाबमा भिरालो , खोलानाला र सिमसार भएको क्षेत्र छ त्यसलाई पर्यटकीय क्षेत्र बनाउने मैले योजना बनाएको छु ।
स्वास्थ्यको कुरा गर्दा एउटा हेल्थपोष्ट छ । त्यो हेल्थपोष्टलाई पनि अस्पतालको रुपमा विकास गरेर लाने योजना बनाएको छ । किनभने १२ नम्वर वडामा मतदाता मात्रै ८ हजार ५३ जना हुनुहुन्छ । जनसंख्या बढ्दो हिसावमा छ । हामिले अस्पतालको रुपमा स्वास्य चौकीलाई विकास गरेर लैजान सके वडाको समृद्ध हुन्छ ।
तर , निर्वाचित भईसकेपछि योजना योजनामै सिमत हुन्न भन्ने आरोप पनि लाग्छ नी ?
यसअघि २०७९ सालको निर्वाचनमा म ललित घलान ज्युसँग ४६ मतान्तरले पराजित हुन पुगे । त्यतिखेर मैले बनाएको योजना मैले हारिसकेपछि पनि मैले देखेको सपनालाई यस वडाको विकासका निम्ति निरन्तर रुपमा लागिरहेको अवस्थामा छु । यसै क्षेत्रका माननीय एकलाल श्रेष्ठ ज्यु श्रम रोजगार यातायात मन्त्री हुने बेला र खानेपानी सिँचाई तथा उर्जा मन्त्री हुँदा म उहाँको प्रमुख स्वकीय सचिव भएर काम गर्दाखेरी मैले सकुन्जेलसम्म माननीय ज्युको पहलमा यस वडामा धेरै विकास निर्माणका कुराहरुलाई जोडेर जनताको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जनताको समस्या सम्म जोडिरहेको मेरो अनुभव छ । र जिते पनि हारे पनि पुरा गरेर जाने मेरो प्रतिवद्धता रहिन्छ र म लागिरहने छु ।
यसअघि थोरै मतले पराजित हुनुभएको थियो यसपटक जित्ने सम्भावना कति छ ?
पक्के पनि यसअघि जम्म ४६ मतले मात्रै पराजति हुन पुगेको थियो । प्रतिस्पर्धा त निर्वाचनमा हुने नै भयो । मैले नै चुनाव जित्छ भनेर बस्नु कुरा पनि भएन । तर , १२ नम्वर वडाको सम्पुर्ण जनताको माहोल हेर्दाखेरी अहिले राम्रो पाको छु । १४ जनाले उम्मेद्वारी दिनु भएको छ । ती १४ जना उम्मेद्वारहरु हेर्दाखेरी मलाई जहाँसम्म लाग्छ मेरो हिजोको दिनहरुले म सँग भएको क्वालिफिकेशन , शिक्षा , राजनीतिक ब्याकराउण्ड र मैले समाज प्रति पु¥याएको योगदानहरुको कारणले गर्दापनि मलाई विश्वास छ १२ नम्वर वडाको जनताले नेकपा एमालेतर्फका उम्मेद्वार राजेश नगरकोटीलाई जिताउँछ भन्ने मलाई विश्वास छ ।
चुनाव जितिसकेपछि काम गर्न चुनौती कति छ ?
चुनौती त सामना गर्दै जाने हो । १२ नम्वर वडालाई हिजोको दिनमा हेर्ने दृष्टिकोण थियो आज परिवर्तन भएको छ । यसअघि निर्वाचित भएर जिल्ला समन्वय समितिको प्रमुख हुनुभएको ललित घलान ज्युले १२ नम्वर वडाको प्रतिनिधत्व गर्दै हुनुहुन्छ । र यो परिवर्तनको मेरो पनि योगदान थियो । केहि समय अघि मात्रै युवा संघको अधिवेशन हामै्र वडामा भएको थियो । त्यति ठुलो अधिवेशन हामिले सम्पन्न गर्न सफल भएका थियौं । जुन कार्यक्रममा सहभागी हुन केन्द्रदेखि प्रदेश र जिल्लाका नेताहरु आउनु भएको थियो ।
त्यसैगरी त्यहाँ शिक्षित युवाहरु र जिल्ला समन्वय समिति प्रमुख उत्पादन गर्ने पवित्र भुमि बनेको छ भन्ने कुरा मैले देखाउन र बुझाउन खोजेको थियो । र गर्न सकेपनि । त्यसैगरी हाम्रै क्षेत्रमा कृषि क्षेत्रलाई व्यवसायीक रुपमा कृषि गर्ने कृषकहरु हुनुहुन्छ । त्यहि उत्पादन भएको मेवा , एभोकाडो , ड्रागनफुड र नगदेबालीहरु बजार हामिले देख्न पाउँछ त्यहि क्षेत्रमा हिडेका हाम्रा डिग्रिसम्मको पढाई सकाएर कृषि क्षेत्रमा लागेर कृषिलाई मकवानपुरको जिल्लामा मात्रै नभई देशभर चिनाउन सफल भएका सुरज थिङ र फेन्चु रुम्बाजस्ता युवाहरु हाम्रै क्षेत्रमा हुनुहुनुन्छ । त्यस्ता युवाहरुलाई उत्पादन गर्ने पदमपोखरी हाम्रै क्षेत्र हो । सबै हिसाबमा अगाडि बढेको छ ।
अहिले हामि चुनावी प्रचारप्रसारमै छौं । जनताको घरमा कसरी पुग्ने । प्रत्येक मतदाता भएको ठाउँमा कसरी पुग्ने भन्ने विषयमा हामि छलफल गरेरै अगाडि बढिरहेका छौं । र , हामि योजना नै बनाएर त्यसै अनुरुप अगाडि बढिरहेका छौं ।
र , अन्तमा मतदातालाई के भन्न चाहनु हुन्छ ?
सम्पुर्ण वडाबासी मतदाता , सुभचिन्तक र सुभेच्छुकहरुमा आउँदै गरेको मंसिर १६ को निर्वाचनमा सहभागी भएर मतदान गरिदिनु म आग्रह गर्दछु । मतदान गर्ने क्रममा १२ नम्वर वडाको विकासको लागि समृद्धिको लागि योग्य उम्मेद्वार छानेर मतदान गरिदिनुहुन मेरो विनम्र अनुरोध छ ।