जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्

हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य रुपा खुलालको क्यान्सर रोगका कारण आज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
जनपत्र
११ आश्विन २०७६, शनिबार १८:१२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य रुपमा खुलालको आज निधन भएको छ । लामो समय देखि क्यान्सर रोगबाट पीडित खुलालले आज उपचारका क्रममा भरतपुरमा मृत्यु भएको उहाँका परिवारले वताएका छन् । हरेक क्षेत्रमा जनताको मन जित्न सफल खुलालले क्यान्सर रोगलाई भने जित्न सक्नु भएन । समाजसेवामा तीन दशक देखि सक्रिय हेटौंडा उपमहानगरपालिका १४ कि जनप्रतिनिधि रुपा खुलाल ३ वर्षदेखि क्यान्सरसँग लडिरहनुभएको थियो । रुपा खुलालको भरतपुरको मोडन अस्पतालमा मृत्यु भएको हो ।

क्यान्सरलाई जित्न सक्छु भन्दै तीन वर्ष सम्म त उहाँ राजनीतिक र सामाजिक काममा सक्रिय हुने गरेको भएपनि केही महिना अगाढी देखि बिरामीका कारण बाहिरी कार्यक्रममा सहभागि हुन नसकेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
उहाँको उपचारका लागि उपमहानगरपालिकाले पटक पटक गरेर धेरै रकम सहयोग गरेको वताउँदै मेयर महतले भन्नुभयो–अझै पनि उपचार हुन्छ भने हामीले सबै खालका सहयोग गर्ने भनेका थियौ । तर, डाक्टरलेनै बिशेक हुन्न भनेपछी हामीलाई आसा मरिसकेको थियो ।’

क्यान्सर गाँजेपछि उनको दुवै स्तन काटेर फालिएको थियो । संक्रमण फैलिईसकेका कारण निराकरण हुन सकिरहेको थिएन । १३ वटा किमो लगाउँदा र अन्य औषधि उपचार गर्दा हालसम्म ५० लाखभन्दा बढी खर्च भईसकेको थियो । खुलाल २०७२ सालबाट सम्बन्धविच्छेद गरेर २ छोरीकासाथ बस्दै आउनुभएको थियो ।  राजनीति र समाजसेवामा आवद्ध उहाँको धेरैलाई सामाजिक काम गर्नु भएको थियो । खुलालको मृत्युले उपमहानगरपालिका सहित जिल्ला भरीनै स्तव्ध बनाएको उपमेयर मिना कुमारी लामाले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*