हेटौंडाको बालजागृतिका बिद्यार्थीको गीत र नाचमै रमाए अभिभावक

जनपत्र
११ आश्विन २०७६, शनिबार १७:२७

हेटौंडा । ईङलिस सेकेण्डरी स्कुलको आयोजनामा पुर्व प्राथामिक तहका विद्यार्थीहरुको प्रतिभा प्रदर्शनीमा आज अभिभावक निकै खुसी भएका छन् । बिद्यार्थीले गित र नाच प्रस्तुत गर्दा अभिभावहरु दिनभरजसो दर्शक दिर्घामा बसेर हेरी रहेका थिए । साना साना बालबालिकाहरुले गित गाउँदै नाच्दै आफ्ना प्रस्तुती देखाउँदा अभिभावक दंग परेर हेरीरहेका थिए । हेटौंडा २ मा रहेको बालजागृति ईङलिस सेकेण्डरी स्कुलको आयोजनामा पुर्व प्राथामिक तहका विद्यार्थीहरुको प्रतिभा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका पूर्व प्राथामिक तहका विद्यार्थहरुले गित नाच प्रस्तुत गर्नुका साथै कार्यक्रम सञ्चालन समेत आफैले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाले विद्यालयले साना—साना बालबालिकालाई अतिरीतm क्रियाकलपमा सहभागी गराएर उनिहरुको प्रतिभा जगाउने कामको प्रशंसा गरेकी वताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी उपमहानगरपालिकका शिक्षा विकास महाशाखा प्रमुख पुर्ण बहादुर अक्षामी, राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमीरे, हेटौंडा २ का वडा सदस्य रेणु गुरुङ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, प्याब्सन मकवानपुरका कोषाध्यक्ष लक्ष्मि श्रेष्ठ, संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष रमिला सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले हरेक कक्षाका विद्यार्थीहरुलाई सांस्कृति कार्यक्रमसंगै अतिरीतm क्रीयाकलापका कार्यक्रममा सहभागीता गराउने गरेको बताउनुभयो । बिद्यार्थीलाई खाली शिक्षा मात्र दिने नभईकन बिद्यालयले हरेक क्षेत्रमा सहभागिता गराएको उहाँले वताउनुभयो । यस अघि भन्दा अहिले खेलकुद, बिज्ञान प्रर्दशनी, नाच, गायन लगायतका क्षेत्रमा बिद्यार्थीको सहभागिता गराउँदै आएको उहाँको भनाई छ ।

बर्षेनी दसैं तिहारको पूर्वसन्ध्यामा आयोजना गरिने प्रिप्राइमरी विद्यार्थी प्रस्तुती कार्यक्रम उनीहरुले नृत्य, गायन र सिर्जनात्मक प्रस्तुती प्रस्तुत गरेका हुन् । शनिबार आयोजित कार्यक्रममा नर्सरी, केजी, एलकेजी र युकेजीका विद्यार्थीले नृत्य गायन प्रस्तुत गरेको स्कूलका प्रधानाध्यापक बिनोद सुवेदीले जानकारी दिनुभयो ।

विद्यार्थीमा अध्ययनसँगै सिर्जनात्मक अभ्यासमा अब्बल बनाउने उद्देश्यले यस्ता कार्यक्रम बर्षेनी आयोजना गर्दै आएको सुवेदीले बताउनुभयो । कार्यक्रममा करिब २ सय जना बढी विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*