मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने

जनपत्र
१ आश्विन २०८१, मंगलवार १०:५८

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुनेछ ।

स्तरोन्नति र मुख्य तारको लट्ठा फेर्नका लागि गएको असार ३१ गतेदेखि केबलकारको सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिको माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*