बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

जनपत्र
१ आश्विन २०८१, मंगलवार १०:४९

बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलेको छ । गएको बिहीवारदेखि परेको पानीले तमैल बजार नजिकै तथा बालुवा टावर भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि आज बिहानदेखि गाडी चल्न थालेका हुन् । राजमार्ग खुलेपछि  जिल्लाबाट छुट्ने र जिल्लामा  भित्रिने लामो तथा छोटो दूरीका सबै गाडी चल्न थालेका जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ  ।

ठूलो पहिरो खसेका कारण पहिरो पन्छ्याउन लामो समय लागेको हो । तर अहिले जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । पहिरोले राष्ट्रिय प्रसारण लाईनको पोल र तारमा समेत क्षति पुगेको थियो । विद्युत सेवा भने अस्ति आइतवार बेलुकादेखि नै सञ्चालनमा आएको थियो  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*