इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित

जनपत्र
३० भाद्र २०८१, आईतवार १२:४२

नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित हुनुभएको छ ।

गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद पाण्डेलाई दुई हजार ३२ मतले पराजित गर्नुभयो । बरालले चार हजार आठ सय ४२ मत पाउँदा पाण्डेले दुई हजार आठ सय १० मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*