उपाधिका लागि भारत र बंगलादेश भिड्ने

जनपत्र
११ आश्विन २०७६, शनिबार ०५:५४

साफ यू– १८ च्याम्पियनसिपमा फाइनलमा भारत र बंगलादेश भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा भारतले माल्दिभ्स र बंगलादेशले भुटानलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए । दुवै टिमले ४–० ले जित दर्ता गरेका थिए । फाइनल आइतबार हुनेछ । फाइनल पुगेका भारत र बंगलादेशले समूह ‘बी’को खेलमा गोलरहित बराबरी खेलेका थिए । जसका कारण फाइनल प्रतिस्पर्धा रोचक हुने विश्वास गरिएको छ ।

शुक्रबार भारतले खेलको सातौं मिनेटमा नरेन्द्र गहलटको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिममा भारतले दोस्रो गोल ग¥यो । खेलको ७९औं मिनेटमा माल्दिभ्सका गोलरक्षक हसन अलिफले बल नियन्त्रण गर्न नसक्दा भारतले ३–० को अग्रता लिने अवसर पायो । मनवीर सिंहले कर्नर प्रहारमा गोल गरेका थिए । ८२औं मिनेटमा मितेइ निन्थोइङबाले गोल गर्दै ४–० को जित सुनिश्चित गरे ।

त्यसअघि भएको अर्को सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४–० ले हरायो । पहिलो हाफमा नै बंगलादेशले ३–० को अग्रता कायम गरेको थियो । अन्तिम समयमा चौथो गोल प्रहार गरेको थियो । आइतबार भुटान र माल्दिभ्सबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*