टेलिभिजनमा ‘भुन्टी’

जनपत्र
२ श्रावण २०८१, बुधबार १२:५०

युट्युबमा चर्चित सिरियल ‘भुन्टी’ टेलिभिजनबाट पनि प्रसारण सुरु भएको छ । सिरियल कान्तिपुर टिभी एचडीमा मंगलबारबाट प्रसारण सुरु भएको हो ।

सिरियलको नयाँ एपिसोड कान्तिपुर टेलिभिजनमा मंगलबार राती ९ बजे प्रसारणमा आएको थियो । विकट गाउँका दर्शकलाई लक्षित गरेर सिरियल टिभीमा ल्याइएको निर्माता, निर्देशक एवं कलाकार आशा गौतमले बताइन् । सिरियलको अबको नयाँ भागहरू पहिले कान्तिपुर टेलिभिजनमा र त्यसपछि ‘सुकुमाया टिभी’ युट्युबमा आउने आशाले जानकारी दिइन् ।

पारिवारिक कथामा निर्माण हुँदै आएको ‘भुन्टी’मा आशाको अलावा शारदा गिरी, सुशील पोखरेल, सागर गौतम, विजय देउजा, हिउँवाला गौतम, सुवास गजुरेल, विनोद श्रेष्ठ, इन्द्रजित चौलागाईँलगायत कलाकारको अभिनय रहँदै आएको छ । आशा फिल्मस्को प्रस्तुति रहेको सिरियलको अहिलेसम्म २२३ भाग निर्माण भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*