राष्ट्र बैकद्वारा नयाँ नोट बितरण गर्न सुरु, हेटौंडामा कहिले बितरण ?

हेटौंडामा पहुँच भएका सरकारी कर्मचारी, व्यावसायी, राजनीतिक दलका नेताहरुलाई बढी नयाँ नोट बितरण गरिदै आएको छ । तर, सर्वसाधरणका लागि काउन्टर खोलेर दिनहुँ नयाँ नोट वितरणको काम हुन सकेको छैन ।
जनपत्र
१० आश्विन २०७६, शुक्रबार ०७:४०

हेटौंडा / नेपाल राष्ट्र वैकले आज बाट नयाँ नोट बितरणको काम सुरु गर्दै छ । दशैका लागि भनेर नयाँ नोट बितरण सुरु गरेको हो । तर, हेटौंडामा रहेको नेपा लबैकले सर्वसाधरणका लागि नयाँ नोट वितरणको काम कहिलेबाट सुरु गर्ने हो त्यो अनिस्चित छ ।

हेटौंडामा पहुँच भएका सरकारी कर्मचारी, व्यावसायी, राजनीतिक दलका नेताहरुलाई बढी नयाँ नोट बितरण गरिदै आएको छ । तर, सर्वसाधरणका लागि काउन्टर खोलेर दिनहुँ नयाँ नोट वितरणको काम हुन सकेको छैन । दशै नजिकिए पनि नयाँ नोट आएको छैन भनिएको छ । तर, नोट आएपनि सर्बसाधरणलाई खुल्ला रुपमा बिक्री गर्ने गरी त्यती धेरै नआउने गरेको नेपाल वैक हेटौंडाका कर्मचारीहरु वताउँछन् । नयाँ नाृेट धेरै आएमा यस वर्ष भने वितरण गरिने बैकका अधिकृतहरु वताउँछन् ।

विगतमा जस्तै मुलुकको केन्द्रीय बैंकले यसपाली दसैंका लागि आजबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालय तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको हो।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्‍न निरौलाले पोहोरजस्तै यस वर्ष पनि नोट सटही व्यवस्था गरिएको जानकारी दिए। ५, १०, २०, ५० र १०० दरका नोट प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाइने उनले बताए। गत वर्ष प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्न दिइएको थियो। राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग बालुवाटार, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ । उक्त रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह समेत गरेको छ । टीका लगाइ दक्षिण दिँदा, पूजाआजा गर्दा वा अरु कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रंग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैसँग आग्रह गरेको छ ।

दसैंमा बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, ठूला ऋणी, व्यापारी र निक्षेपकर्तालाई नयाँ नोट साटिदिने गरेको बैंकरको भनाइ छ। निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साटिदिएवापत अतिरिक्त आम्दानी हुँदैन तर उनीहरूले सुमधुर सम्बन्धका लागि नयाँ नोट साटिदिने गरेका छन्। बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साट्नु सामाजिक काम गर्नु जस्तै भएको बैंकर बताउँछन्। दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरका नोट प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*