अनन्त अम्बानीले सलमान, शाहरुखसहित २५ जनालाई दिए २ लाख डलरको सुनजडित घडी
भारतीय उद्योगी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग शनिबार विवाह गरेका छन्। अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनासहित करोडौँ रुपैयाँ खर्चिएको यो विवाह अहिले पनि चर्चामा छ ।
विवाहमा राधिका मर्चेन्टले सुनले सजाइएको लेहेँगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोसाकको मूल्य २१४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । अहिले अनन्त अम्बानीले आफ्ना २५ जनाको दुलहाको टोलीलाई विवाहको दिन १.६७ करोड भारतीय रुपैयाँको लग्जरी घडी उपहार दिएको खबर सार्वजनिक भएको छ ।
दुलहाको टोलीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, वीर पहाडिया, सलमान खान, मीजान जाफरी, शिखर पहाडियालगायत थिए । सबैलाई अनन्त अम्बानीले एउटा लग्जरी घडी उपहार दिएका थिए।
अडेमार्स पीगे ब्रान्डको रोयल ओक पर्पेचुअल क्यालेन्डर प्रिमियर वाचको यो सीमित संस्करणको घडी १८ क्यारेट सुनबाट बनेको छ । जसको मूल्य २ लाख डलर अर्थात १।६७ करोड भारतीय रुपैयाँ पर्छ । दुलहाको टोलीले आफ्नो घडी देखाएको भिडियो पनि सार्वजनिक भएको छ ।एजेन्सी







