अनमोलले सार्वजनिक गरे पारिश्रमिक बापत तिरेको करको रकम

जनपत्र
३१ असार २०८१, आईतवार १४:१७

अभिनेता अनमोल केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक बापत तिरेको करको रकम खुलाएका छन् । निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिदलाई सार्वजनिक गरेका हुन् ।

अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन् ।

पहिलोपटक कुनै फिल्म अभिनेताले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।

‘हामीले पारिश्रमिक लिएर कर तिर्ने पारदर्शिता अपनाउन खोजेका हौं । यो कार्यले अरु फिल्ममेकर र कलाकारलाई पनि दबाब हुने अपेक्षा लिएका छौं,’ निर्माता अधिकारीले अनलाइनखबरसँग भने ।

अहिलेसम्म केही कलाकारले महंगो पारिश्रमिक बुझ्ने गरेको तर कति कर बुझाए भन्ने खुलेको थिएन । सरकारले पनि कलाकार र वकिलका लागि प्यान नम्बर अनिवार्य गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*