सालार २ को सुटिङ सुरु गर्दै प्रभास

जनपत्र
२१ असार २०८१, बिहीबार १४:५५

दक्षिण भारतीय सुपरस्टार प्रभास यतिबेला हालै रिलिज भएको फिल्म कल्की २८९८ एडीको सफलताको मज्जा लिइरहेका छन् । चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

अब छिटै प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायाङ्कन सुरु हुँदैछ । फ्यानहरू लामो समयदेखि यो फिल्मको प्रतीक्षामा छन् । कल्कीमा आफ्नो दमदार भूमिकाका कारण प्रभास लगातार चर्चामा छन् । फिल्मलाई फ्यानहरूले माया गरिरहेका छन् ।

७ दिनमा ६०० करोड भारुभन्दा बढीको व्यापार गरेर फिल्मले कैयौँ रेकर्ड पनि तोडिसकेको छ । अब छिटै प्रभासले ‘सलार २’ को छायाङ्कन सुरु गर्दैछन् । पिंकभिल्लामा छापिएको एक समाचारका अनुसार सालार २ को सुटिङ अगस्ट १० देखि सुरु हुँदैछ ।

फिल्म १५  दिनको शेड्यूल रामोजी फिल्म सिटीमा सुट हुँदैछ । आगामी ८ महिनाभित्र बाँकी सबै सुटिङ सकिने बताइएको छ । होम्बले फिल्म्स प्रोडक्सनले २०२५ को अन्त्यसम्ममा फिल्म रिलिज गर्ने सोच बनाइरहेको छ ।

फिल्मका निर्देशक नीलले प्रभास र पृथ्वीराज सुकुमारनको साथमा सीक्वेलको २० प्रतिशत हिस्सा पहिला नै सुटिङ गरिसकेको बताइएको छ । सालार २ प्रति प्रभास पृथ्वीराज र होम्बले फिल्म्स सबै निकै कन्फिडेन्ट रहेको बताइएको छ ।

फिल्ममा प्रभासबाहेक सुकुमारन, बबी सिम्हा, श्रुति हसन, जगपति बाबू, श्रीया रेड्डी मुख्य भूमिकामा छन् । प्रभास सालार २ बाहेक सन्दीप रेड्डी वांगाको स्पिरिटमा पनि देखिँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*