नेपाली क्रिकेट टोली सिंगापुर प्रस्थान

जनपत्र
९ आश्विन २०७६, बिहीबार ०६:०६

सिंगापुर र ओमानमा हुने सिरीजका लागि नेपाली क्रिकेट टिम सिंगापुर प्रस्थान गरेको छ । सिंगापुरमा घरेलु टीम सहित जिम्बावे र नेपाल बीच त्रिकोणात्मक सिरिज हुनेछ । यस पटक युवा क्रिकेटरहरु कप्तान पारस खड्का सिंगापुर प्रस्थान गरेका छन् ।

सिंगापुर पछि नेपाली टोली ओमान जानेछ । ओमानमा पाँच राष्ट्र बीच टी–२० क्रिकेट हुनेछ । नेपाली क्रिकेट टीमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले विदाई गरे ।

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने भने क्यारेवियन प्रिमियर लिग ९सीपीएल० का लागि क्यानडामा भएकाले उतैबाट सिंगापुर आउनेछन् । यस पटक नियमित कप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी खेलाडी शरद भेषवाकर र बसन्त रेग्मी टीममा छैनन् भने कुशल मल्ल र इशान पाण्डेले राष्ट्रिय टीममा डेब्यू गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*