रोहित शर्मा र विराट काेहलीले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

जनपत्र
१७ असार २०८१, आईतवार ११:५९

unn.prixa.net

काठमाण्डौ – टी–२० विश्वकप उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फाइनल खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले यो विदा लिने उपयुक्त समय भएको बताए ।

यसअघि सन् २००७ मा भएको टी–२० विश्वकपको पहिलो संस्करणमा भारत च्याम्पियन बन्दा पनि रोहित शर्मा टोलीका सदस्य थिए । सन् २०११ मा एक दिवसिय विश्वकपको उपाधि जित्दा टोलीको सदस्य रहेका पूर्व कप्तान विराट कोहलीको भने यो पहिलो टी–२० विश्वकप उपाधि हो । हिजो भारतलाई टी–२० विश्वकप उपाधि जिताउने क्रममा कोहली प्लेयर अफ दि म्याच भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*