पद्‍मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए

जनपत्र
१७ असार २०८१, आईतवार ०५:५५

पद्‍मश्री साहित्य पुरस्कार-२०८० का लागि पहिलो चरणमा उत्कृष्ट १५ वटा पुस्तक छनोट भएका छन् । २०८० सालमा प्रकाशितमध्ये प्रतिष्ठानमा प्राप्त भएका १८६ कृतिमध्ये पहिलो चरणमा १५ पुस्तक छानिएको प्रतिष्ठानले जनाएको छ ।

विस्तारित सूचीमा विष्णु सापकोटाको अडिएका पाइला, कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार,भानु बोखिमको गोधूलि गीत, विश्व कुइकेलको गोपीचा, कुमार नगरकोटीको जोगियाना रहेका छन् ।

यस्तै चिरन्जीवी वाग्लेको बहादुर शाह, सुमिनाको बागी स्त्रीको आत्मकथा, राजेन्द्रमान डंगोलको बादलडाँडा, अखण्ड भण्डारीको बोरा, गोविन्दप्रसाद कुसुमको भृकुटी, गोपी सापकोटाको लन्डन अनप्लग्ड, अरुण गुप्तोको संस्कृति चिन्तन, भुवनहरि सिग्देलको साखेजुङको उकालो पनि उत्कृष्ट १५ को सूचीमा समावेश छन् ।

यी १५ पुस्तकबाट दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानले जनाएको छ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा हरेक वर्ष प्रकाशितमध्ये उत्कृष्ट पुस्तकलाई पद्‍मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*