हेटौंडाको बसपार्कमा खसि, बोका खरिद र बिक्री गर्नेको भिड

हेटौंडा । नेपालीहरुको महान पर्व वडा दशै नजिकिए संगै हेटौंडा बजारमा निकै चहल पहल बढेको छ । दशैका लागि बजारमा सामान खरिद गर्ने भन्दा पनि हेटौंडाको बसपार्कमा खसि, बोका छानेर खरिद गर्नेहरुको ठुलै भिड लाग्न थालेको छ । मकवानपुरका गाउँ, गाउँबाट खसि, बोका बिक्री गर्न ल्याउने र खरिद गरेर लैजानेहरुको चहल पहल बढेको हो ।
दशैको मौका छोपेर हेटौंडाका व्यापारीले खसीको भाउ बृद्धी गरेपनि किसानहरुले भने त्यसको उचीत मुल्य पाउन नसकेको बताई रहेका छन् । हेटौंडाको टिसीएन स्थित वसपार्कमा मकवानपुरको हेटौंडा वजारमा बस्नेहरु खसी खरिद गर्न जाने र गाउँ गाउँका किसानहरुबाट खसी ल्याएका व्यापारीहरुको चहलपहल बढेको हो ।
खसी बजारमा चहलपहल बढेपनि आफुहरुले उचीत मुल्य नपाएको मकवानपुर गढी गाउँपालिकाका किसान हर्क लामा वताउनुहुन्छ । यता हेटौंडाका खसी, बोका व्यापारीहरु भने एकै पटक खसी बजारमा ल्याएर बिक्री गर्ने क्रम बढेकाले महगोमा बिक्री नगरेपनि उचित मुल्यमा बिक्री गरिएको वताउँछन् ।
हेटौंडाबाट खसी खरिद गरेर काठमाण्डौमा लैजाने उपभोक्ताहरु पनि निकै बढेका छन् । टाटा सुमोको छतमा निकै जोखिम तरिकाले खसीलाई बाँधेर काठमाण्डौ लैजान थालिएको छ ।