नेपाल–चीन सचिवस्तरीय बैठक भोलि, चिनियाँ उपविदेशमन्त्री आज नेपाल आउँदै

जनपत्र
११ असार २०८१, सोमबार ११:१४

काठमाण्डौ – नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक भोलि काठमाण्डौमा हुने भएको छ । बैठकमा आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्नुहुनेछ भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले नेतृत्व गर्नुहुनेछ । चिनियाँ उपविदेशमन्त्री सुन आज काठमाण्डौ आउँदै हुनुहुन्छ ।

बैठकमा चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी बिस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*