सर्पदंशको त्रासमा बङ्गलादेश

जनपत्र
१० असार २०८१, आईतवार १६:२१

बंगलादेशमा सर्पदंशका घटना निकै बढेका छन् । देशभरका सबै स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई सर्पको विषको एन्टीडोट थुपारेर राख्न आदेश दिइएको  छ ।

स्वास्थ्य मन्त्री डा. सामन्त लाल सेनले सर्पले टोकेका मानिसहरूलाई सकेसम्म छिट्टै अस्पताल ल्याउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । ग्रामीण बङ्गलादेशका अस्पतालहरूमा सर्पदंशका बिरामी बढेका छन् ।

खासगरी दक्षिण एशियामा बढी पाइने रसेल्स भाइपरको टोकाइमा पर्नेको सङ्ख्या बढी छ । हालैका हप्तामा सर्पदंश बङ्गलादेशी सामाजिक सञ्जालमा चर्चाको विषय पनि बनेको छ ।

सन् २०२३ मा भएको एउटा अध्ययनअनुसार हरेक वर्ष झन्डै ७ हजार जना बङ्गलादेशी सर्पको टोकाइबाट मर्ने गरेका छन् । रसेल्स भाइपर सन् २००२ तिरै बंगलादेशबाट लोप भइसकेको थियो । तर पछिल्लो समय यो सर्प पुनः देखिन थालेको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*