युवाकै कारण बर्बादीमा देश

जनपत्र
१० असार २०८१, आईतवार १५:०७

इतिहासलाई अध्ययन गर्ने हो भने हरेक राजनीतिक आन्दोलनमा युवाहरूको योगदान अतुलनीय र महत्वपूर्ण देखिन्छ। १९९६ सालको राणाविरोधी आन्दोलन, २०३६ र २०४६ सालको जनआन्दोलन, २०५२ सालमा सुरु भएको माओवादी युद्ध, मधेश आन्दोलन र पछिल्लो २०६२-६३ सालको जनआन्दोलनमा हजारौं शहीद, घाइते, अपाङ्ग र बेपत्ता, लाखौं विस्थापित हुनपुगे। यी आन्दोलनमा युवाहरूको योगदान अतुलनीय थियो।

मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याउन मुख्यतः राजनैतिक दलहरू र विशेषगरी दलभित्रका युवाहरूको त्याग, बलिदान र समर्पण मुख्य छ। अझ भनौं युवा त्याग र बलिदानको उपज नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो।

नेपालको संविधान २०७२ मार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा परिभाषित गरियो। त्यस पश्चात् राजनैतिक वृत्तमा एक भाष्य निर्माण गरियो।

मुलुकमा राजनैतिक आन्दोलन सफल भएको र अबको राजनैतिक कार्यदिशा विकास र समृद्धिमा केन्द्रित हुने रटान सबै दलहरूले आ–आफ्ना राजनैतिक घोषणापत्र मार्फत प्रस्तुत गरे। नागरिक समाज, बुद्धिजीवी र प्रबुद्ध वर्गले पनि यस कुराको खुलेरै समर्थन गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*