गायिका अल्का भन्छिन् : चर्को आवाज नसुनौं, हेडफोन प्रयोग नगरौँ

जनपत्र
१० असार २०८१, आईतवार ०६:३७

केही समय अघि मात्र भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरोको समस्याबाट ग्रस्त भएकी थिइन्। एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरो रोग लागेको उनले इन्स्टाग्रामार्फत जानकारी दिएकी हुन्।

यो रोग लागेपछि अल्का सुन्न नसक्ने अवस्थामा पुगेकी छिन्। जुन १७ मा इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गर्दै अल्काले लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि। केही हप्ताअघि, जब म एक उडानबाट ओर्लिए, मैले महसुस गरें कि मैले केहि सुन्न सकिन। डाक्टरहरूले मलाई दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति भएको पत्ता लगाएका छन्। यो अचानक भएको घटनाले मलाई स्तब्ध बनाएको छ।’

सोही कारण केही समयदेखि आफू हराएको समेत उनको भनाइ छ। साथै यस घटनालाई स्वीकार गरेर आफू छिट्टै फर्किने समेत उनको विश्वास छ।

‘म फेरि छिट्टै तपाईंहरूसामु आउन चाहन्छु। यस नाजुक अवसरमा तपाईंको समर्थन र समझ मेरो लागि धेरै महत्त्वपूर्ण छ।’

अल्काले मानिसहरूलाई चर्को साउन्ड नसुन्न र हेडफोन कम प्रयोग गर्न समेत सल्लाह दिएकी छिन्। उनको स्वास्थ्य अवस्था थाहा भएसँगै भारतीय सेलिब्रेटी र फ्यानहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

५८ वर्षीया अल्का याज्ञिक बलिउडकी चर्चित पार्श्व गायिका हुन्। २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेकी अल्काले २ राष्ट्रिय अवार्ड र ७ फिल्मफेयर अवार्ड जितिसकेकी छिन्।

सन् १९८० मा रिलिज भएको फिल्म ‘पायल की झंकार’ बाट अल्काले पार्श्व गायिकाको रुपमा डेब्यु गरेकी थिइन्। उनले २०२४ मा रिलिज भएको ‘क्रू’ र ‘अमर सिंह चमकिला’ जस्ता फिल्मका लागि स्वर दिइसकेकी छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*