किम जोङ उनले गरे युक्रेनमा रुसी आक्रमणको समर्थन

जनपत्र
६ असार २०८१, बुधबार १५:४५

यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा छन् । बुधबार उनी त्यहाँ पुगेका हुन्

पुटिनले त्यहाँ न्यानो स्वागत पाएका छन् । स्वागत समारोहपछि राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच वार्ता भएको थियो ।

रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले एक समाचारमा दुई नेताबिच करिब दुई घण्टा कुराकानी भएको बताएको छ । यस क्रममा किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गरेको बताइएको छ । रुसी एजेन्सी इन्टरफ्याक्सको रिपोर्ट अनुसार किमले रुससँगको आफ्नो रणनीतिक सहयोगलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । पुटिन करिब २४ वर्षपछि उत्तर कोरिया पुगेका छन् ।

यसअघि उनी २००० मा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यति बेला किमका पिता उत्तर कोरियाका सर्वोच्च नेता थिए । रुसी सञ्चारमाध्यम आरआईएका अनुसार दुई नेताले विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । पुटिनका सल्लाहकार युरी उशाकोभले मंगलबार रुसी सञ्चारमाध्यमलाई यसबारे जानकारी दिएका हुन् । तर सो सम्झौतामा के–के बुँदा समावेश छ भन्ने कुरा भने खुलाइएको छैन ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*