मेसी र रोनाल्डोलाई फेरि पछि पार्लान् भान डाइक ?

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले फिफा वर्ष खेलाडीको अवार्ड सोमबार राति घोषणा गर्दैछ । फिफा वर्ष अवार्डका लागि फेरि पनि क्रिश्चियानो रोनाल्डो र लियोनल मेसी मनोनयनमा परेका छन् । यी दुई स्टार सँधै उपाधिका लागि आमाने–सामने हुँदै आएका छन् ।
तर, रोनाल्डो र मेसीसँग मनोनयनमा परेका अर्का खेलाडी हुन्, नेदरल्याण्डका भान डाइक । युएईएफए अवार्डमा मेसी र रोनाल्डोलाई नै पछि पारेका भान डाइक फिफा वर्ष खेलाडी अवार्डको मनोनयनमा परेका छन् । लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका भान डाइक पहिलो पटक फिफा वर्ष खेलाडीको अन्तिम तीनको सूचीमा परेपछि धेरेको ध्यान उनैतर्फ गएको छ । तर, नतिजा भने केही समयपछि सार्वजनिक हुँदैछ ।