वरिष्ठ लोकगायक बस्नेतलाई दीर्घ साधना सम्मान

जनपत्र
३ असार २०८१, आईतवार ०६:३९

दरबार रोधी क्लबले १६ औं वार्षिकोत्सव मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा वरिष्ठ लोकगायक कुमार बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट’बाट सम्मानित गरियो ।

लामो समयदेखी लोक गायनको क्षेत्रमा बस्नेतले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई दीर्घसाधना सम्मान प्रदान गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए । ‘लोक गायक बस्नेतले समाजका विकृति, विसङ्गती, कुसंस्कार लोकगीतमार्फत् उजागर गर्नु भएको छ’ गिरीले भने ।

लोकदोहोरी गायनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गायक बद्री पंगेनी, कृष्ण आँशु र गायिका सुनिता दुलाललाई विशेष सम्मान प्रदान गरिएको छ । सञ्चारकर्मी ऋषी धमलालाई विशेष सम्मान प्रदान गरिएको छ ।

कला, मनोरञ्जन क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकार यसपटक सम्मानित भएका छन् । विष्णु शर्मा, नरेन्द्र रौले, सुशिल नेपाल, अन्वेषण अधिकारी र आयशा दाहाल सम्मानित भए ।

दरबार रोधी क्लबले जेठ ३२ देखि असार २ गतेसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय गरेको छ । कार्यक्रममा चर्चित गायक पशुपति शर्मा, दुर्गेश थापा, श्याम राना, टीका पुन, पुर्णकला विसी, करिष्मा ढकाल, रुबिना अधिकारी, एनआरएनएका उपमहासचिव प्रविन गुरुङ लगायत दर्जनौंको सहभागिता छ ।

दरबार रोधी क्लबका अध्यक्ष अशोक गिरीले रोधीको वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेको बताए ।

शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा टप राजधानी दोहोरीका सञ्चालक प्रकाश कटुवाल, नगरकोट दोहोरी साँझका सञ्चालक बिनोद श्रेष्ठ, रात्रीकालिन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का लगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा शनिबार बबिता बानियाँ, बालचन्द्र बराल, प्रतिमा अर्याल, रामजी खाँण, कृष्ण रेउले, मीना लामा र टीका पुनले प्रस्तुति दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*