ज्येष्ठ नागरिकहरुमाथि हुने दुव्र्यवहार विरुद्ध विश्व जनचेतना दिवस

आज जुन १५ अथवा ज्येष्ठ नागरिकहरुमाथि हुने दुव्र्यवहार विरुद्ध विश्व जनचेतना दिवस (World Elder Abuse Awareness Day, WEEAD) ‘‘आपतकालीन अवस्थामा वृद्धहरुमा स्पटलाइट’ नारा सहित मनाइँदै छ। सन् २००६ मा International Network For Prevention of Elder Abuse (INPEA) ले सुरु गरेको यस दिवस हरेक वर्ष जुन १५ ज्येष्ठ नागरिकहरुमाथि हुने दुव्र्यवहार विरुद्ध विश्व जनचेतना दिवस (World Elder Abuse Awareness Day, WEEAD) को रुपमा जनचेतना जगाउन मनाउने गरिन्छ । सन् २०१२ मा संयुक्त राष्ट्रसंघले यस दिवसलाई मान्यता दिएको थियो ।
हाल विश्वमा प्रत्येक आठ जनामा एक व्यक्ति ६० वर्ष भन्दा माथिका रहेक छन् । सन् २०५० सम्ममा ज्येष्ठ नागरिकहरुको संख्या २ अर्ब पुग्ने अनुमान गरिएको छ । सन् २०२२ को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,९१,६४,५७८ रहेको छ जसमा ज्येष्ठ नागरिको कुल जनसङ्ख्या २९,७७,३१८ अर्थात् १०।२१ प्रतिशत रहेको छ ।
नेपालमा ज्येष्ठ नागरिकले जनसंख्याको ठूलो हिस्सा ओगटेको छ। यससंगै ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहार पनि विश्वभरी बढ्दै गएको छ। यो एउटा समाजमा खुल्न नसकेको समस्या हो । ज्येष्ठ नागरिकहरु समस्याग्रस्त हुँदा पुरै समाज समस्याग्रस्त हुँ्दै गएको छ।
विश्व स्वास्थ्य संगठन (WHO) अनुसार ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहार भन्नाले आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि कामको सिलसिला र कामको अभाव हुनु, जसका कारणले ज्येष्ठ नागरिकलाई शारिरीक वा मनोवैज्ञानिक क्षति हुन्छ । ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहारले विश्वका धेरै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, आर्थिक अवस्था र मानव अधिकारमा असर पारिरहेको छ ।
विश्व स्वास्थ्य संगठन अनुसार प्रत्येक ६ जना ६० वर्ष माथिका नागरिक मध्येमा १ जना व्यक्ति कुनै न कुनै प्रकारको दुव्र्यवहारबाट पिडित भएको पाइएको छ। विश्व स्वास्थ्य संगठन (WHO) अनुसार दुव्र्यवहारका प्रकारहरु शारीरिक दुव्र्यवहार, आर्थिक दुव्र्यवहार, भावनात्मक वा मानसिक दुव्र्यवहार, बेवास्ता/हेला र यौन दुव्र्यवहार हुन। ज्येष्ठ नागरिकहरु माथि घरायसी वा सामाजिक विषयलाई लिएर कुटपिट गर्नु, धकेल्नु, लछारपछार गर्नु, चिमोट्नु, टोक्नु, साङलोले बाँध्नु, हात खट्टा भाँचिदिने अथवा शरीरलाई असर गर्ने खालका व्यवहारहरुलाई शारीरिक दुव्र्यवहार भनिन्छ । यसका लक्षणहरु शरीरमा काटेको, चिथोरिएको डामहरु देखिनु, शरीरका विभिन्न भागमा निल डामहरु देखिनु, असामान्य ठाउँमा वा असामान्य प्रकारले पोलेको वा चोट लागेको हुनु, डाक्टरले बारम्बार एउटै औषधिको सिफारिस दोहो¥याइरहनु र सिफारिस गरिए भन्दा कम वा धेरै औषधी खुवाउने अवस्था हुनुु हुन।
त्यसै गरी धन सम्पतिको विषयलाई लिएर गरिने नराम्रा व्यवहारहरु, बल पूर्वक सम्पति आफ्नो नाममा पार्नु, उनीहरुको नाममा भएको सम्पति बेचबिखन वा खरीद गर्न नदिनु, पैसा चोर्नु, उहाँहरुको इच्छा बमोजिम प्रयोग गर्न नदिने, उहाँहरुकोे सही नक्कल गर्ने र दुरुपयोग गर्ने, ठगी गर्ने आदि जस्ता घटनाहरुलाई आर्थिक दुव्र्यवहार भनिन्छ । यसका लक्षणहरु ज्येष्ठ नागरिकहरुको खाताबाट अनियमित र अनिश्चित रुपमा पैसा झिकिएको हुनु, इच्छापत्र वा वकसपत्रमा बारम्बार फेरवदल देखिनु, पैसा तथा गरगहना हराउनु हुन। मानसिक पीडा दिन गरिने गाली, घृणा, बेवास्ता गर्नु आदि भावनात्मक वा मानसिक दुव्र्यवहार हो। बोलेर गरिने मनोभावानात्मक दुव्र्यवहार गाली गर्ने, डर देखाउने, गिज्याउने, दोष देखाउने, नाम काटेर वा फरक नामले बोलाउने र नबोलेर गरिने दुव्र्यवहार वास्ता नगर्ने, साथीभाइ छरछिमेकसँग सम्पर्क गर्न नदिने, झर्को फर्को गर्ने हुन। यसका लक्षणहरु निष्क्रिय हुनु, निराश हुनु, शंकालु हुनु, हेरचाह गर्नेसँग टाढिनु, सुत्ने तथा खाने शैलीमा परिवर्तन आउनु, पारिवारिक तथा समाजिक गतिविधिमा कम चाख दिनु आदि हुन।
ज्येष्ठ नागरिकहरुलाई गाँस, बास र कपास तथा अन्य आवश्यकताहरुबाट बन्चित गर्नु बेवास्ता/हेला दुव्र्यवहार भित्र पर्दछ । हेलामा परेका ज्येष्ठ नागरिकहरु डराइरहने, आफु दुव्र्यवहारमा परेको कुरा कोहिसँग नभन्ने र एकोहोरो हुने, झस्कने खालका हुन्छन् । इच्छा विपरित स्वीकृती बिना करणी गर्नु वा करणी गर्ने मानसायको क्रियाकलाप गर्ने, संवेदनशील अंगहरुमा छुनुलाई यौन दुव्र्यवहार भनिन्छ । यौन दुव्र्यवहारका लक्षणहरु भित्री कपडाहरुमा रगतका टाटा लागेको वा दागहरु देखापर्नु, शरीरका संवेदनशील अंगहरुमा लछारपछार गरेको डामहरु भेटिनु, बस्न तथा हिड्न साविक भन्दा गाह्रो हुनु, बारम्बार पेट दुख्नु, बिनाकरण गुप्ताङ्गबाट रक्तस्राव हुनु वा गुद्वारमा पीडा हुनु, यौन रोगहरुले आक्रमण गर्नु हुन।
नेपालमा ज्येष्ठ नागरिक दुव्र्यवहारको घटना प्रायः रिर्पोटिङ हुँदैनन् । महिलाको तुलनामा परुषहरुमा बढि दुव्र्यवहारमा पर्ने गरेको छ। मद्यपान सेवन गरेका परिवारका सदस्य, नजिकैको नातागोता (छोरा, श्रीमान् बुहारी र जुवाइँ) बाट धेरै दुव्र्यवहार गरेको देखिएको छ । ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीप, दक्षता उहाँहरुको राय सुझाव लिनु प्र्ने तर उहाँहरुको शारीरिक दुर्वलताकै आधारमा सबै कुरामा अयोग्य ठान्ने, उहाँहरुको सम्पतिको उपयोग उहाँहरुको हितमा नहुने, आपत विपद्÷दैविक प्रकोपको जोखिममा उद्धार कार्यमा प्राथामिकतामा नपर्ने, आवश्यकता र इच्छा अनुसारको काम गर्न नपाउने, छोराछोरीका सम्पत्तिमा बाबुआमाको हक नलाग्ने, बाबुआमालाई घरबाट निकाल्दा केहि दिनु नपर्ने, छोराछोरीले सवै सम्पति विनारोकतोक खानपाइने जस्ता विभेदपूर्ण घटनाबाट पिडित भएको पाइएको छ।
ज्येष्ठ नागरिकहरुको दुव्र्यवहार रोकथाम गर्न सम्बन्धित कानुनको कार्यान्वयन गर्नुपर्ने, दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई उचित दण्ड सजायको नीति कडाईका साथ लागु गर्नुपर्ने, दुव्र्यवहारका घटनाहरुलाई न्यायको पहुँचमा ल्याउने, दुव्र्यवहारको विरुद्घमा उजुरी लिने र समस्या समाधान गर्ने कुनै निकाय, स्थानीय स्तरदेखि राज्य स्तरसम्मकोे व्यवस्था गर्नुपर्ने, घरपरिवारका सदस्यहरुलाई हेरचाह र व्यवहार सम्बधि शिक्षा र परामर्शमूलक कार्यक्रम देशभर विस्तार गर्नुपर्ने, ज्येष्ठ नागरिकको सीप र दक्षता अनुरुप जीविकोपार्जन सम्बधि तालिम दिनुपर्ने जस्ता कार्यहरु गर्नुपर्छ। ज्येष्ठ नागरिकहरुको शरीर बढी संवेदनशील र कमजोर हुने, दीर्घकालीन रोगहरु हुने हुँदा आपत्कालीन समयमा बदलिएको वातावरण र विभिन्न कुराको असन्तुलनमा घुलमिल हुन कठिन हुने भएकोले आपत्कालीन समयमा बढी महत्व दिन जरुरी छ। सबैले मिलेर ज्येष्ठ नागरिक, बाबुआमालाई सम्मानजनक र इच्छा अनुसारको जीवन यापनको लागि सहयोग गर्न अत्यावश्यक छ। भोलि सबैजना जीवनचकर्को त्यही स्टेज पुग्नु नै छ।
लेखक बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत हुनुहुन्छ ।