मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’

जनपत्र
६ आश्विन २०७६, सोमबार १८:०६

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरका गैर सरकारी संस्थामा केहीले राम्रो काम गरे पनि धेरैले कागज मात्र मिलाउने गरेको आरोप लगाउनु भएको छ ।

गैरसरकारी संस्था महासंघ मकवानपुरको आयोजनामा ४० औ सामाजिक सेवा दिवसका अवसरमा बोल्दै उहाँले भन्नुभयो–मैले गैरसरकारी संस्थाले गरेको कामको अनुगमन गरेको छु । केहीले राम्रो संग काम गरेका छन् । धेरै संस्थाले कागजात मिलाउने र रकम बुझ्ने गरेका छन् । मैले थाहै नदिइकन धेरै गैरसरकारी संस्थाले गरेको कामको अनुगमन गर्ने गरेको छु ।’

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले गैससहरुमा राम्रा काम गर्ने र नराम्रा काम गर्नेहरु पनि रहेको वताउनुभयो । समाजकल्याण परिषदका सहायक निर्देशक शुस्मा खड्का, गैसस महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको अध्यक्षतामा भएको कार्यक्रममा गैससका प्रदेश अध्यक्ष बुद्धशरण लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतकाको आतिथ्यता रहेको थियो । आजै सेवा दिवसका अवसरमा ओम बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई फलफूल बितरण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*