प्रदेश–३ लाई मानसिक रोगि मुक्त प्रदेशको रुपमा विकास गर्नुपर्छ–सभामुख श्रेष्ठ

अन्य अस्पतालको तुलनामा मानसिक अस्पताल ओझेलमा– मन्त्री ढुङ्गेल, नेपालीमा राष्ट्रियताको अभावः मन्त्रि दुलाल
जनपत्र
६ आश्विन २०७६, सोमबार १७:०७

हेटौंडा । प्रदेश नम्बर–३ का सभामुख सानुकुमार श्रेष्ठले यस प्रदेशलाई मानसिक रोगि मुक्त प्रदेशको रुपमा विकास गर्नुपर्ने वताउनुभएको छ । सवैका लागि घरघरमा मानव अधिकारः शान्तिका र विकासको आधार भन्ने नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानसिक स्वास्थ्यको वर्तमान अवस्था चुनौती र अवसर विषयक अन्तरक्रिया कर्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।

मानसिक रोगिका कारण क्यान्सर समेत भएको वताउँदै उहाँले पीएचडी गरेका धेरै डाक्टरहरुलाई समेत मानसिक समस्या भएको वताउनुभयो । हेटौंडामा मदन मण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गरेर मात्र नहुने वताउँदै उहाँले यसको कार्यान्वयन गर्नुपर्ने वताउनुभयो । शुसाषनको कुरा भाषण गरेर भन्दा पनि कार्यान्वयन गर्नुपर्ने सभामुख श्रेष्ठले वताउनुभयो ।सबैलाई उत्पादन र रोजगारी संग जोडेर काम गरेमा मानसिक समस्याका रोगी कम हुने उहाँले वताउनुभयो ।

अन्य अस्पतालको तुलनामा मानसिक अस्पताल ओझेलमा– मन्त्री ढुङ्गेल

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले धेरै सरकारले धेरै संख्यामा आश्रम धान्न नसक्ने बताउनु भएको छ । हरेक प्रदेशमा ४ ओटा सम्म आश्रमहरू खोल्नु उपयुक्त हुने भन्दै उहाँले २ र ४ वटा जिल्ला समेटेर एउटा मात्र आश्रम स्थापना गरे आर्थिक, सामाजिक र मानसिक व्यवस्थापनमा सहयोग पुर्याउन सकिने बताउनुभयो ।

आज हेटौडामा आयोजित मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रियामा उहाँले जहाँ बढि मानवको चाप हुन्छ त्यस्ता स्थानमा मानसिक स्वास्थ्य समस्या भएकोको संख्या पनि बढि रहेको बताउनुभयो ।

उहाँले जति विकासका प्रक्रिया बढि हुन्छ मानसिक समस्यामा पनि बृद्दि हुँदै जान्छ भन्दै नेपालमा अन्य अस्पतालको तुलनामा मानसिक अस्पताल ओझेलमा परेको बताउनुभयो ।

नेपालीमा राष्ट्रियताको अभावः मन्त्रि दुलाल

प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले नेपालीमा राष्ट्रियताको अभाव भईरहेको बताउनु भएको छ । नेपालका हरेक सरकारी तथा गैरसरकारी निकायहरू डोनरको आशामा मात्र काम गर्ने परिपाटिको विकास हुँदै गएको कारण नेपालीहरूमा सामाजिक भावना र राष्ट्रियताको अभाव रहेको उहाँको भनाई छ ।

आज हेटौडामा आयोजित मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रियामा मन्त्री दुलालले परिवार समाज तथा व्यक्तिले अपनत्व नदिएका कारण मानसिक सन्तुलन गुमाएका व्यक्तिको संख्या बढ्दै गएको धारणा राख्नुभयो ।

मानिसको स्वास्थ्य सम्वन्धि राष्ट्रिय तथा प्रादेशिक दृष्टिकोणसंगै आफ्नो कार्यालयले काम सुरू गर्ने बताउँदै उहाँले भन्नुभयो– नेपालीमा आर्थिक समस्या छैन तर योजना निर्माण र कार्यान्वयनको समस्या छ ।

मन्त्री दुलालले प्रदेश तीनमा एकीकृत स्वास्थ्य सेवा क्लिनिक सुरू गर्ने योजनामा बनाइएको जानकारी दिँदै त्यहाँबाट सबै किसिमका उपचार सेवा प्रदान हुने विस्वास दिलाउनुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्यहरु माधव पौडेल, घनश्याम दाहाल, मुनु सिग्देल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*