प्याजको पात हालेर कफी बनाएपछि…

जनपत्र
२८ जेष्ठ २०८१, सोमबार १४:५८

प्याजको हरियो पात तरकारी अनि अचारमा त निकै सुहाउँछ । तर कफी अनि प्याजको हरियो पताको तालमेल कस्तो होला ? एक पटक सोच्नुस् त ।

हालैका दिनमा चीनमा प्याजको पात हालेर तयार पारिएको लाट्टे भाइरल भइरहेको छ । टिकटक वा इन्ष्टाग्राममा ह्याशट्याग स्प्रिङ्गअनियनलाट्टे भनेर खोज्ने हो भने लाट्टेको कपभरि प्याजको पत्तासहितका दर्जनौँ भिडियो र फोटोहरू देख्न पाइनेछ । प्याजको केही त्यान्द्रा हरियो पातलाई कुटकाट गरेर कपमा हालेर त्यसमाथि बरफ, दूध र कफी मिलाएर माथिबाट फेरि मसिनो गरेर काटिएको पातकै टपिङ गरिएको छ ।

यो कफी कहिले, कहाँ र कसरी बनायो भनेर कसैलाई थाहा छैन । तर पछिल्लो समय चिनियाँ सामाजिक सञ्जालहरूमा ‘डार्क कुजिन’ भन्दै यस्तै यस्तै खालका विचित्रका ‘कम्बिनेशन’ भएका खानेकुराहरू आइरहेका छन् । केही समय अघि खुर्सानी हालेर बनाइएको हट आइस लाट्टे पनि चीनमा भाइरल बनेको थियो ।

स्प्रिङ अनिअन लाट्टेप्रति सामाजिक सञ्जालहरूमा मिश्रित प्रतिक्रिया आइरहेको छ । कुनै दिन प्याज नहालेको कफी देऊ भनेर माग्नु पर्ला भनेर आफूहरूले कहिले नसोचेको केहीले बताएका छन् ।

केही भने नयाँ खालको लाट्टे कस्तो होला भनेर रुचि देखाएपनि त्यसलाई खाएपछि आफ्नो सास गन्हाउँछ भनेर चिन्तित थिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*