कागजमै सीमित ‘एक स्थानीय तह, एक हेलिप्याड’

मकवानपुरका दश वटा स्थानीय तहमा पनि हेलिप्याड बनाउने भनेर संघिय सरकार, प्रदेश सरकारले आस्वासन दिएपनि कार्यान्वयन भएन ।
जनपत्र
६ आश्विन २०७६, सोमबार ०६:३५

हेटौंडा । संघिय सरकारले एक स्थानीय तह एक हेलिप्याड बनाउने भनेर अहिले सम्म् कार्यान्वयन गरेको छैन । हेलिप्याड बन्दा मकवानपुरका दशवटै स्थानीय तहमा हेलिप्याड बनेका हुन्थे । यहाँका स्थानीय तह र प्रदेश सरकारले पनि हेलिप्याड बनाउने भनेर स्थानीय वासिन्दाहरुलाई आस्वासन दिएका थिए । तर तीनै थहका सरकारले दिएको आस्वासन पुरा हुन सकेका छैनन् ।

सरकारले बजेटमै उल्लेख गरी ‘एक स्थानीय तह, एक हेलिप्याड’ निर्माण गर्ने घोषणा गरे पनि कार्यान्वयन भएको छैन।

दुई वर्ष बितिसक्दा पनि योजना अगाडि नबढेकाले कागजमै सीमित भएको सरोकारवालाले जनाएका छन्।

सरकारले ७ सय ५३ स्थानीय तहमा हेलिप्याड बनाउने लक्ष्य राखे पनि अहिलेसम्म एउटा पनि निर्माण हुन सकेको छैन।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म कुनै पनि स्थानीय निकायले हेलिप्याड निर्माणका लागि निवेदन दिएका छैनन्। दुई वर्षअघि बजेटमार्फत् हेलिप्याड कार्यक्रम ल्याइए पनि स्थानीय सरकारले चासो देखाएको पाइँदैन।

उडड्यन क्षेत्रसँग सम्बन्धित प्राधिकरणले हेलिप्याड निर्माण गर्ने लक्ष्य राखेसँगै हेलिप्याड निर्माणसम्बन्धी कार्यविधि तयारी गरिसकेको छ।

स्थानीय तहबाट प्रस्ताव नआएपछि प्राधिकरणले हेलिप्याड निर्माणलाई अगाडि नबढाएको प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले बताए। समीक्षा र वार्षिक कार्यक्रममा बोल्दै महानिर्देशक पोखरेलले हेलिप्याड निर्माणमा प्राविधिक र सुरक्षासम्बन्धी जुनसुकै सहयोग गर्न सकिने बताए।

स्थानीय तह प्राधिकरणसँग सम्पर्कमा नआएकाले हालसम्म कुनै पनि हेलिप्याड प्राधिकरणले नहेरेकोसमेत उनले स्पष्ट पारे। ‘कार्यविधि टेकेर हेलिप्याड निर्माण गरेमा प्राधिकरणले प्राविधिक र सुरक्षा पक्षलाई ध्यान दिनेछौं,’ उनले भने।

आपतकालीन उद्धार र विपद् व्यवस्थापनको काम व्यवस्थित र सहज बनाउन सरकारले एक स्थानीय तह, एक हेलिप्याड निर्माणको योजना ल्याएको थियो। तर, ७ सय ५३ स्थानीय सरकारले हेलिप्याड निर्माणको योजना प्राथमिकतामा राखेको पाइँदैन।

प्रत्येक जिल्लामा विपद् व्यवस्थापन समिति रहे पनि यसले हेलिप्याड निर्माणमा समन्वय गरेको पाइँदैन। स्थानीय र संघिय सरकारको समन्वय कमीले हेलिप्याड निर्माणमा ढिलाइ भएको सरोकारवालाको भनाइ छ। बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पुर्‍याउन तथा विपद्का बेला राहत उपलब्ध गराउन हेलिप्याड निर्माणको योजना ल्याइएको थियो।  अहिले सरकारी र निजी गरी ११ कम्पनीका करिब ३५ हेलिकोप्टरले सेवा दिँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*