टी–२० विश्वकप क्रिकेट : अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनले हरायो

जनपत्र
२७ जेष्ठ २०८१, आईतवार १२:२३

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । गएराति अस्ट्रेलियाले दिएको दुई सय दुई रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा छ विकट गुमाएर एक सय ६५ रन मात्रै बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि कप्तान जोस बटलरले ४२ र फिल साल्टले ३७ रन बनाए । अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए । यस्तै जोस हेजलउड र एडम जम्पाले समान एक विकेट लिए ।

यसअघि बार्बाडसमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । अस्ट्रेलियाका लागि ओपनरद्वय डेभिड वार्नरले ३९, ट्राभिस हेड ३४, मिचेल मार्स ३५ र मार्कस स्टोइनिसले ३० रन बनाए । इंग्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । यस्तै मोइन अली, जोफ्रा आर्चर, अदिल रसिद र लियाम लिभिङस्टोनले समान एक विकेट लिए ।

लगातार दोस्रो खेल जितेको अस्ट्रेलिया चार अङ्कका साथ समूहको शीर्षस्थानमा छ । इंग्ल्यान्ड एक अङ्कका साथ चौथो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*