घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल

जनपत्र
५ आश्विन २०७६, आईतवार १८:१८

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन् वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले सहकारी र महिलाहरुद्वारा संचालन गरिने घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको वताउनु भएको छ ।

बि.एम. हस्तकला प्रशिक्षण केन्द्र चितवनको आयोजानमा गलैंचा बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिमको समुद्घाटन् गर्दै हस्तकलाका लागि अनुदान र बीउ पुँजीको व्यवस्था गरिन वताउनुभयो ।

मन्त्री नेपालले भन्नुभयो–‘हामी सबै नेपालीको गन्तव्य भनेको गरिबिबाट मुक्ति प्राप्त गर्नु हो, प्रदेश सरकार यस लक्ष्य प्राप्तिका लागि उद्योगमैत्री कानुन, उद्योगमैत्री नीति र आवश्यक बजेट निर्माण गरि योजनाबद्ध रुपमा अगाडि बढेको छ ।’

कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहालले हिजो हाते चर्खाले धागो कात्नुपरेपनि अहिले इलेक्ट्रिक चर्खाले धागो कात्दै आएका यहाँ बुनेको गलैंचा विदेशमा विक्री भैरहेको वताउनुभयो । उहाँले सबै यस उद्यमको कार्यमा लागौं, बजारको ग्यारेन्टि भैसकेको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*