करातेमा बागमती प्रदेशको टिम च्याम्पियन

जनपत्र
२५ जेष्ठ २०८१, शुक्रबार ०६:१९

हेटौंडा । वाग्गमती प्रदेशले ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १० कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी उचालेको छ ।
सातदोबाटोस्थित कराते हलमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नेपाल पुलिस टिम दोस्रो भयो ।

तेस्रो भएको कोशी प्रदेशले ११ स्वर्ण जित्यो नेपाल कराते महासंघको आयोजनामा भएको तीनदिने प्रतियोगितामा सातै प्रदेश, पुलिस, आर्मी, एपीएफ र विभागीय टोलीमा आबद्ध खेलाडीबाहेक राष्ट्रिय टिमका करिब ५ सय खेलाडीको सहभागिता रहेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक महासंघका अध्यक्ष युवराज लामालगायतले पुरस्कृत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*