हेटौंडाको चौकिटोल सुमो काउण्टरमा यात्रु सहायता कक्ष

हेटौंडा । हेटौँडा–१ चौकीटोलस्थित सुमो काउण्टरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । गत वर्ष जस्तै यसवर्ष पनि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यात्रुका लागि सहहायता कक्ष गत वर्ष पनि स्थापना गरेर एक दर्जन प्रहरी सहायता कक्षमा बसेपनि यात्रुहरु दोब्वर भाडा तिरेर हेटौंडा काठमाण्डौ ओहोर दोहोर गर्न बाध्य भएका थिए । तर, त्यहाँ बसेका प्रहरी टुलुटुलु हेरेर मात्र वस्ने गरेका थिए ।
हेटौंडाबाट काठमाण्डौ जानका लागि ४ सय ५० रुपैयाँ भाडा भएपनि एक हजार रुपैयाँ सम्म यात्रुसंग भाडा लिएका थिए । तर यसवर्ष पनि यही समस्या दोहोरीन दिनेकी नदिने भन्ने प्रहरीको हातमा रहेको छ ।
वडा प्रहरी कार्यालय र प्रहरी चौकी चौकीटोलको सक्रियतामा सहायता कक्ष स्थापना भएको हो । चाडपर्वमा यात्रुहरुको चाप बढि हुने भएकाले सहजिकरणका लागि सहयता कक्ष स्थापना गरेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य बेगम बराल, प्रहरी चौकी चौकीटोलका प्रहरी सहायक निरीक्षक दिपक दुलाल, स्थानीय समाजसेवी, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।