भारतमा सरकार बनाउन नीतिश र नायडु निर्णायक

जनपत्र
२३ जेष्ठ २०८१, बुधबार ११:००

काठमाडौं । सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बनेको छ । तर उसले मत सर्वेक्षणको नतिजा जस्तो एकल बहुमत हासिल गर्न भने सकेन ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपा एक्लैले जम्मा २४० सिट जितेको छ । कांग्रेस एक्लैले ९९, समाजवादी पार्टी (सपा)ले ३७ र त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेका छन् । ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाउने तयारी गरेको छ ।

भाजपालाई पूर्ण बहुमत हासिल गर्नबाट रोकेर सरकार गठनमा निर्णायक बनेका दुई नेताहरु हुन् बिहारका मुख्यमन्त्री एवम् जनता दल युनाइटेड (जदयु)का प्रमुख नीतिश कुमार र तेलगु देशम पार्टी (टीडीपी)का अध्यक्ष चन्द्रबाबु नायडु ।

भाजपाका नेताहरुले यी दुई नेताहरुसँग सत्ता साझेदारीका लागि सम्वाद सुरु गरिसकेका छन् । भारतीय मिडियाहरुका अनुसार उनीहरुसँग ५ जुन (बिहीबार) बैठक बस्ने तय भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*