टी–२० विश्वकप : युवा टोलीबाट अद्भूत प्रदर्शनको आशा

जनपत्र
२२ जेष्ठ २०८१, मंगलवार १५:१२

अमेरिका । सन् २०१४ को टी–२० विश्वकपमा डेब्यू गरेपछि नेपाली क्रिकेटमा लोकप्रियता चुलियो ।

बंगलादेशमा सम्पन्न उक्त विश्वकपमा नेपालले समूह चरणमा हङकङलाई ८० रन र अफगानिस्तानलाई ९ रनले हराउँदा बंगलादेशसँग ८ विकेटले हारेको थियो । समान ४/४ अंक भएपनि नेट रनरेटमा नेपाललाई उछिन्दै बंगलादेश अघिल्लो चरणमा पुगेको थियो ।

अघिल्लो चरणमा पुग्न नसकेपछि डेब्यू विश्वकपमा शानदार प्रदर्शनसँगै नेपाललाई उदाउँदो एसोसिएट शक्तिका रुपमा हेर्न थालियो । तर २०१५ को विश्वकप छनोटमा कमजोर प्रदर्शन गर्दै नेपाल ग्लोबल छनोटबाटै बाहिरियो ।

त्यसपछि नेपालले विश्वकपमा पुग्न निक्कै संघर्ष गर्नुपर्‍यो । एसिया र ग्लोबल छनोट भन्दा माथि जान सकेन । यद्यपि २०१८ मा ओडीआई मान्यता जोगाएका कारण नेपालले अन्तर्राष्ट्रिय क्रिकेट भने खेलिरह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*