साफ यु–१८ मा बंगलादेशको विजयी सुरुवात

जनपत्र
५ आश्विन २०७६, आईतवार ०६:२३

बंगलादेशले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा बंगलदेशले श्रीलंकालाई ३–० गोलले हरायो । समूह ‘बी’ मा रहेको बंगलादेशले खेलको पहिलो मिनेटमै खाता खोलेको थियो । बंगलादेशका मोहम्मद तनबीर हसनले पहिलो गोल गरे ।
७७ औं मिनेटमा मोहम्मद फहीम मोरसेडले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ८६औं मिनेटमा मोहम्मद अहमद फहिमले गोल गर्दै टोलीको जित सहज बनाएका थिए ।

समूहको दोस्रो खेलमा बंगलादेशले सोमबार भारतसँग खेल्नेछ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत छन् । समूह ‘ए’ मा रहेको नेपालले भने पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको छ । नेपालले आइतबार भुटानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*