एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

जनपत्र
१६ जेष्ठ २०८१, बुधबार १६:२०

सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च ठाउँमा दौडिँदै पुरुषतर्फ सोलुखुम्बुको महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीकी  शेर्पाले उपाधि जितेका हुन् ।

सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलव १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गरे । महिलातर्फ त्यही दूरी शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गरिन् । प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेका आयोजकले जनाएको छ ।

सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*