पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल

फलफूलका बिरुवाले सबैतिर हराभरा वनाउँदै छौ–मन्त्री नेपाल
जनपत्र
४ आश्विन २०७६, शनिबार १०:५०

हेटौंडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले अव रोपीने बिरुवपा फलफूलका हनुपर्ने वताउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज हेटौंडाको कमानेमा रहेको चन्दोदय माबि परिषरमा बिभीन्न जातका बिरुवा रोप्ने कार्यक्रममा बोल्दै उहाँले पहिले भन्दा बिरुवा रोप्ने काम फरक हुनुपर्ने वताउनुभयो । अवको पाँच वर्षपछी प्रदेश फलफूल मय हुने उहाँको भनाई छ । बृक्षारोपणको आन्दोलनमा फलफूलका बिरुवा रोपीने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।

रुख रोपेर हुर्काउनु पनि पर्ने वताउँदै उहाँले भन्नुभयो–‘रुख रोपेको देखाएर नाटक मात्र गर्नुपर्ने छैन । रोपीएका बिरुवा हुर्काउनु पनि पर्छ । एक जना बिद्यार्थीलाई एउटा बिरुवा रोप्ने जिम्मा दिनुपर्छ अनी मात्र सफल भईन्छ ।’ निजी क्षेत्र, सार्वजनिक जंगल र खाली क्षेत्रमा अव फलफूलका बिरुवा रोप्नुपर्ने उहाँले वताउनुभयो ।

फलफूलका बिरुवाले सबैतिर हराभरा वनाउँदै छौ–मन्त्री नेपाल

प्रदेश नम्बर–३ का उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले फलफूलका बिरुवाले सबैतिर हराभरा वनाउन प्रदेश सरकार लागेको वताउनुभएको छ । प्रदेश सरकारले अहिले अरु भन्दा पनि फलफूलका बिरुवा रोप्ने अभियानमा लागेको वताउनुभयो ।

बिद्यालय परिषरमा रोपिएका बिरुवा सबै मिलेर संरक्षण गर्नुपर्ने मन्त्री नेपालले वताउनुभयो । बृक्षारोपण कार्यक्रमलाई तिब्रता दिएको वताउँदै उहाँले भन्नुभयो–‘संबिधान दिवसका अवसरमा फलफूलका बिरुवा रोएिको छ । यस भन्दा अघि पनि फलफुलका विरुवा धेरै रोपेका छौ संरक्षणको आवस्यक्ता रहेको छ ।’

कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्रालयका सचिब शिब प्रसाद वाग्ले, बिभीन्न कार्यालयका कर्मचारीहरु, जनप्रतिनिधिहरु, शिक्षक, बिद्यार्थी लगायतकाको सहभागिता रहेको थियो । संबिधान दिवस मुल समारोह समिति प्रदेश ३ को आयोजना तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजनमा कार्यक्रम गरिएको हो ।

फलफूलका दुई सय वटा बिरुवा रोपीयो

बिद्यालय परिषरमा संबिधान दिवसका अवसरमा आज बिभीन्न जातका दुईसय वटा बिरुवा रोपीएको छ । एभोकाडो, लिचि, आँप, नासपाती, रुद्राक्ष, कटहर, कागती, हलुवाबेद, अम्वा, अमला, तेजपात लगायतका बिरुवाहरु रोपीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*