बेलायती होष्टले प्रियाङ्कालाई चियाङ्का भनेपछि…

जनपत्र
१२ जेष्ठ २०८१, शनिबार १२:२९

भारतकी देशी गर्ल प्रियंका चोपडा हालै लक्जरी ज्वेलरी ब्रान्ड बुल्गारीको १४० औँ वार्षिकोत्सव समारोहमा देखिएकी थिइन् । यस कार्यक्रममा प्रियंकाले बुल्गारीको ज्वेलरी लगाएकी थिइन् ।

उनको लुक सामाजिक सञ्जालमा भाइरल भएको छ । तर यसैबिच भाइरल भएको अर्को भिडियो देखेर भने उनका फ्यानहरू रिसाएका छन् ।

यो भिडियो मार्चतिरको हो । यसमा बेलायती टिभी होष्टले आफ्नो कार्यक्रममा प्रियंकाको नाम गलत उच्चारण गरेको सुनिन्छ । ती होष्टको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बेलायती टिभी होष्ट एन्डी पीटर्सले मार्चमा ‘गूड मर्निङ ब्रिटेन’ कार्यक्रमका लागि लन्डनको मैडद तुसाद म्युजियममा गएका थिए । कार्यक्रममा एन्डी म्युजियममा राखिएको सेलिब्रेटीहरूको मैनको मूर्तिसँग कुराकानी गरिरहेका हुन्छन् । यसैबिच उनी प्रियंकाको मूर्ति नजिक पुग्छन् । उनले प्रियंका चोपडालाई ‘चियांका चाप फ्रि’ भनेको सुनिन्छ । कयौं पटक प्रयास गर्दा पनि उनले प्रियंकाको सही नाम उच्चारण गर्न सक्दैनन् ।

प्रियंकाका फ्यानहरू यो भिडियो हेरेर भड्किरहेका छन् । एन्डीसँग निकै रिसाएका छन् । केहीले त उनले जानी जानी प्रियंकाको नाम गलत उच्चारण गरेको पनि भनिरहेका छन् ।

प्रियंका छिट्टै हलिउड फिल्म ‘हेड अफ स्टेट’मा देखिँदैछिन् । प्रियंकाबाहेक यो फिल्ममा इदरिस एल्बा, जोन सिना र ज्याक क्विड लगायत हलिउड स्टारहरू पनि देखिनेछन् ।  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*