‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने, ‘अब छिट्टै विवाह गर्छु’

जनपत्र
१० जेष्ठ २०८१, बिहीबार १६:०४

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो ।

प्रिमियर हेर्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको प्रतिक्रियाको आफू भोको रहेको र सोहीअनुसार दर्शकहरुले राम्रो रहेको प्रतिक्रिया दिएकोमा खुशी लागेको बताए ।

उनले सिनेमा र सिनेमाको पात्र हेरिसकेपछि राम्रोसँग निभाएको अनुभव भएको बताए । पुजार सार्कीले उठाएको विषय आफ्नो लागि आफ्नो जीवन र सिनेमाको लागि इतिहास रहेको बताए ।

पुजार सार्की वास्तविक कथावस्तु रहेको उनको भनाइ छ ।

यस्तै अभिनेता प्रदीप खड्काले चलचित्रमा डेटिङ रोमान्स कम भयो नि भन्ने प्रश्नमा अफ स्क्रिन बढी भएर अन स्क्रिन कम भएको हुनसक्ने भन्दै हासीमजाक गरे । बिहानै बिहानै सबैले धेरै माया गरेकाले खुशी लागेको उनले बताए । विवाहको सम्बन्धबारेको प्रश्नमा उनले वास्तविक जीवनमा पनि आफूले अब छिट्टै विवाह गर्ने बताए । अभिनेत्री अञ्जना बराइलीले चलचित्र मन पराउनुले चलचित्रमा अभिनय गर्ने पात्रहरु सबैले न्याय दिन सकेको आफूले बुझेको बताइन् ।

बिहीवार (आज) बाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

चलचत्रिमा प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*